अमुक दल र एनजीओ,आइएनजीओका कारण जनजाती विभाजीत

श्यामलाल पोखरेल
बुटवल, साउन २३ ।
आदिवासी जनजाती सम्मेलनका मुद्वाहरुलाई वर्गिय मुद्वा बनाउनु पर्ने अखिल नेपाल जनजाती सम्मेलनको अडान छ । नेपालका आदिवासी जनजातीका मुद्वाहरुलाई वर्गिाय मुद्वाको रुपमा अगाडी बढाउने गरी अखिल नेपाल जनजाती सम्मेलनले सक्रियता देखाएको छ । जनजातीका मुद्वाहरुलाई वर्गिाय मुद्वाको रुपमा समाधान गर्ने गरी जनजाती सम्मेलनले साते प्रदेशमा आदिवासी जनजाती दिवस मनाउन शुरु गरेको छ । शुक्रबार प्रदेश पांचको बुटवलमा २६ औं दादिवासी दिवस मनाएको छ । साउन २५ गते आदिवासी जनजाती दिवस भएपनि जातीय र क्षेत्रीयतामा लागेकाहरुलाई सचेत बनाउने उद्वेश्यले दुई दिन अघिनै दिवस मनाइएको अखिल नेपाल जनजाती सम्मेलनका रुपन्देही अध्यक्ष विमल श्रीषले जानकारी गराउनुभयो । सोही कार्यक्रममा बोल्दै अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय प्रथम उपाध्ष्क्ष केवी थापाले जनजातीका मुद्वालाई वर्गिाय हिसावले समाधान गर्नुपर्ने बताउनुभयो । जातीय समस्या नै वर्गिाय समस्या भएको उल्लेख गर्दै वर्ग संघर्षको माध्यामबाट आदिवासीका समस्या तथा मुद्वा समाधान गर्न सकिने उहांको तर्क छ । नेपालका केही अमुक दल र एनजीओ, आइएनजीओका कारण नेपालका आदिवासी जनजातीबीच विभाजन ल्याउने काम भएको बताउनुभयो । अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सदस्य तथा मल्लरानी गाउंपालिका प्यूठानका अध्यक्ष अमरध्वज रानाले कम्युनिष्टहरुले वर्गिय मुद्वा छोडेकाले जातीय मुद्वाहरु हावी हुंदा समस्या आएको बताउनुभयो । कार्यक्रममा नरबहादुर जीएम, वामपन्थी नेता दुर्गानाथ खरेल, राष्ट्रिय जनमोर्चाका टानबहादुर केसी, कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, समता समाजका सल्लाहाकार राजेश विश्वकर्मा, अखिल छैठौंका पुरन पोखरेल लगायतले बोल्दै जातीय र क्षेत्रीयतावादी सोंचलाई परास्त गर्न वर्गसंघर्षका कार्यक्रमलाई अगाडी बढाउनु पर्नेमा जोड दिए । उषा पुनको अध्यक्षता र मिल श्रीषको सञ्चालनमा कायृक्रम भएको थियो । आदिवासी जनजातीका लागि केही अमुक दल र एनजीओ, आइएनजीओ बाधक रहेको उनीहरुको भनाइ छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार