
साउन २३ अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले नेकपा फुटेमा राष्ट्र संकटमा पर्ने बताउनु भएको छ ।
देशमा कोरोना भाईरसको महामारी, सिमा विवाद र सलह किराको आतंक भईरहेका समयमा पार्टी भित्र मनमुटाब र तिक्तता देखिनु पार्टी र देशकालागी राम्रो सन्देश नभएकोले यि सबै चुनौतिहरुको सामना गर्न सबै एक ढिक्का हुनुपर्नेमा नेता रायमाझीले जोड दिनुभएको थियो । नेता रायमाझीले सिपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराईलगायतका नेताहरुले पार्टी फुटाउँदा असफल भएका बताउदै सोही बिधिमा गए उहाँहरुकै जस्तो अबस्था हुने भन्दै नेताहरुलाई त्यसो नगर्न आग्रह समेत गर्नुभयो । यस्तै फरक प्रसंगमा नेता रायमाझीले जिल्लाको समग्र विकासका लागी आफुहरु हरबखत लागी परीरहेको समेत बताउनु भयो ।
यस्तै पत्रकार सम्मेलनमा मनतब्य राख्दै नेकपाका केन्द्रिय सदस्य तथा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले पार्टी विभाजन भए राष्ट्र र राष्ट्रीयता संकटमा पर्ने बताउनु भयो । खड्काले पार्टी एकतालाई मज्बुद बनाउनुको साटो पार्टीभित्रैका जिम्मेवार व्यक्तिले अनाबश्यक कुरागरेर आगोमा घिउ थप्ने काम गरेको भन्दै राष्ट्रलाई जोगाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।