पुरन पोख्रेल
त्रिभुवन बिश्वबिधालय र यसका आंगिक क्याम्पसहरु कुनैबेला आन्दोलनका भट्टीहरु थिए तिनै आन्दोलनका भट्टीहरुबाट जन्मिएका थुप्रै विद्यार्थी नेताहरू आज विभिन्न राजनैतिक पार्टीका उच्च ओहोदामा छ्न र रास्ट्रका मुख्य जिम्मेवार पदहरुमा आसिन छ्न। बि सं २०६५ चैत्र ६ गतेको स्वबियु निर्वाचन नै देशभरी एकैपटक हुने अन्तिम चुनाव हुन पुग्यो। तेतिन्जेल धेरै राजनीतिकर्मिका दशकहरु क्याम्पस कलेजहरुमा नै बित्ने गर्दथे।देशको पंचायती ब्यावस्था , राजतन्त्र विरुद्धको ६२/६३को जनआन्दोलनको सुरुवात र सडकको नेतृत्व विद्यार्थी संगठनहरुले गरेका थिए।सात दलिए मोर्चालाई ठोस रुपमा आन्दोलनमा जान बाध्य पारेको थियो।कुरा खाली परिवर्तनको आन्दोलनका मात्रै होइन मट्टीतेल ,डिजेल , पेट्रोलको र खाद्यान्नको भाउ बढदा सडकमा रक्ताम्य टाउका फोराफोर हुन्थे। निम्नमाध्यमिक बिधालय तहबाट शुरु हुन्थेयो प्रत्येक विद्यार्थी संगठनहरुका इकाई ,एरिया र क्षेत्र हुँदै प्रतिनिधि परिबेक्षक मार्फत जिल्ला कमिटीहरु निमार्ण हुन्थे। त्यतिमात्रै होइन गौडा ढुकेर शिक्षा मन्त्रीहरूलाई कालोझण्डा देखाउने ,प्रबेश निषेध गर्ने गर्दथे। प्रायः भाषा ,साहित्य ,सामाजशास्त्र ,राजनीति शास्त्र इतिहास भुगोल विषयमा विद्यार्थी नेताहरूको राम्रो अध्ययन हुने गर्दथेयो। देशको शिक्षा क्षेत्र एकल वा संयुक्त आन्दोलन मार्फत विद्यार्थी संगठन हरुले चलाएका थिए।
बिडम्बना बर्तमान समयमा ई सबैकुरा अब इतिहासमा सिमित र अहिलेको पुस्ताकालागि एकादेशको कथा बनेको छ। जब बिश्वबिधालयबाट प्रबिणता प्रमाणपत्र तह हटाउने निर्णय भयो त्यसपछि शिक्षाको स्वामित्व निजि क्षेत्रलाई बुझाएर राज्यले निजीकरण र उदारीकरणको यात्रा तय भयो।गणतन्त्र प्राप्ति पश्चचात अपेक्षा गरेजस्तो जिबनउपयोगि र ब्याबहारिक शिक्षा होइन ब्यापारीक शिक्षामा जोड दिइयो राजनैतिक दलकानेता, कार्यकर्ता र राज्यका उच्च ओहोदामा हुनेहरुले ब्यापारका लागि शिक्षामा लगानी ,भागबण्डाका आधारमा नियुक्ति गर्ने अबान्छ्निय पद्धतिको थालनी भयो।शिक्षा लाई निजीकरण तिर जोडन तत्कालीन विद्यार्थी संगठनका केही नेतृत्व हरुले समेत भुमिका खेले ।बिस्तारै राजनीतिक पार्टी हरुमा अस्थिरता आयो बैज्ञानिक ब्याबहारिक शिक्षाका लागि शैक्षिक क्षेत्र र संस्थाहरु बमले उडाएर आएका क्रान्तिकारीहरु फुटको कारण ध्वजा ध्वजा भए,अखिल र नेबिसंघ हरु निजीकरणको पक्षमा कमाउ धन्दामा गुटगत र ब्याक्तीगत स्वार्थको पिछ्लग्गु बन्न पुगे।बाकी विद्यार्थी संगठनहरुले निर्णयक भुमिका प्रस्तुत गर्न सकेनन। बि सं २०७० सालसम्म बाँकी रहेको विद्यार्थी राजनीतिको धङधङी २०७३ सालमा स्वबियु निर्वाचननभए संगै डाँडा माथिको घाम बन्न पुग्यो ।त्यसपस्च्यात चिनजान र गुटका आधारमा बाटो बाटै टिके प्रथा मार्फत विद्यार्थी नेता घोषणा गर्ने प्रचलन बस्न गयो यो नै विद्यार्थी आन्दोलनको सबैभन्दा दुखद समय थियो।
शिक्षा क्षेत्रलाई राजनीति भन्दा टाढा राख्ने र शान्तिपुर्ण क्षेत्र बनाउने अनेक रणनीतिहरु ल्याइए जुन विद्यार्थी आन्दोलनको मर्म बिपरित र विद्यार्थी राजनीतिलाई निषेधगर्ने गरि आएका थिए तर राजनीतिक दल ,सत्तारूढ पार्टीहरु र शिक्षक नेताहरूको नङ्गो हस्तक्षेप शैक्षिक क्षेत्रमा झन बढेर गयो।जुनकुरा टिके प्रथाबाट अएको नयाँ पुस्ताका लागि कुनै एजेन्डाको विषय बन्न सकेन ।आन्दोलनबाट आएको मुल नेतृत्व दलाली ,चाप्लुसी र गुटगत नेताका कारिन्दा बन्न पुगे।
बर्तमान अबस्थामा आउदा विद्यार्थी आन्दोलनका एजेन्डा पार्टी नेताको बचाउ, भक्तिभाब, गुणगान ,प्रतिपक्षीका लागि गालिगलोज ,दालाली चाप्लुसी मार्फत पद हत्याउनुमा सिमित हुन पुग्यो यो नै विद्यार्थी आन्दोलनको आजको बिडम्बना हो।नेताका बाणिहरुको प्रचार ,गल्तिहरुको ढाकछोप ,गलत धन्दाहरुमा संलग्नता र तल्लो तहमा सामाजिक संजालमा स्टाट्स,चिनजानका मान्छेहरुको पक्षमा ओकालत गर्नेहरू ,फोटो सार्वजनिक र जन्मदिन मनाउनेहरु खास विद्यार्थी नेता कहलिरहेका छ्न।नीति,सिद्धान्त ,अध्ययन,शैक्षिक एजेन्डा र संघर्षबाट भागेर बर्तमान समयमा बिद्यार्थी आन्दोलन मृत्यु शैयामा सुतिरहेको छ।
एकातिर शैक्षिक आन्दोलन मृत्यु शैयामा छ अर्कोतिर शिक्षा ब्यापारी र पुजिपती बर्गको कब्जामा छ।शिक्षामा कुनै नौलो परिवर्तन ब्याबहारिकता त आएको छैन खाली देशभित्र शैक्षिक बेरोजगारहरु उत्पादन गर्ने र जनशक्ति बिदेश पलायन गर्ने कारखाना हरुको बिगबिगी मौलाएको छ ।देशमा बैज्ञानिक ब्याबहारिक शिक्षाका लागि लामो बिद्रोह गरेर आएका शिक्षामन्त्री हुँदा समेत कुनै सामान्य फरक अनुभुती हुन पाएको छैन।
एतिबेला बिश्व महामारीको रूपमा देखिएको कोरोना भाइरस विरुद्ध बिश्व समुदाय संगै नेपाल र नेपालीहरुपनी जुधिरहेका छौ।देशको अर्थतन्त्र,जनताको जनजीवन ,शिक्षा ,स्वास्थ ररोजगारीका क्षेत्रहरू धरासाई अबस्थामा पुगेका छ्न।२०७६ चैत महिना देखि लाखौं विद्यार्थीहरु अन्योलतामा बाचिरहेका छ्न।एकातिर सरकारी शिक्षालय हरु आइसोलेसन र क्वारेन्टाइनमा परिणत गर्ने र निजि शैक्षिक शैक्षिक संस्थाहरूले शुल्क लिने वा नलिने विषयको बहस चलिरहेको छ।बैकल्पिक माध्यमको अभावमा लाखौं विद्यार्थीहरुको भबिस्य धरापमा परिरहेको छ।चार महिना लामो लकडाउन खुकुलो पारे संगै संक्रमणको दर बढदै गइरहेको छ।जनजीवन अभाव र त्रासको बिचबाट गुज्रिएको छ सत्तासीन पार्टीभित्र कुर्सीको मरामारि चलिरहेको छ। जनताको शिक्षा ,स्वास्थ ,रोजगार र जनजिबिकाको सवालमा सत्ताबाहिरबाट कुनै दबाब र विकल्प दिइएको छैन खाली सरकारलाई तेर्साएर उम्किने वा पिछलग्गु हुने प्रवृत्ति हाबी हुँदै गएको छ।
विकसित मुलुकहरूमा शिक्षाका लागि विकल्पहरुबारे बहस र खोजी भैरहदा हाम्रो मुलुकमा शिक्षा संकटमा परेको छ।एकातिर बिश्वबिधालय र परिक्षा बोर्डहरुले आफुखुसी ढंगले नीति नियम र तालिकाहरु सार्बजनिक गर्ने पुन रद्ध गर्ने कामहरू भैरहेका छ्न भने अर्काेतिर राज्यले ध्यान शिक्षाकोसंकट लाई टार्न कुनै ठोस योजना बनाएको छैन।राज्यका निकायहरू बाट चलाइएका केही योजनाहरुको सफल कार्वान्यन हुन सकेनन ।
सबैभन्दा बढी चपेटामा परेको शिक्षा क्षेत्रका बारेमा गम्भीरतापुर्बक सबै तहमा बहस हुनु र विकल्पहरुको खोजी गरिनु जरुरी छ। विद्यार्थी संगठन का मुल नेतृत्वहरु र संगठनहरुले स्वार्थ भन्दा माथी उठेर शिक्षामा आएको संकटलाई पार लगाउन ठोस कार्योजना बनाएर त्यसलाई लागू गर्नको लागि दबाब दिनु नै अहिलेको एजेन्डा हो।बिडम्बना विद्यार्थी नेताहरू अराजकता ,ढाकछोप ,कमिसनतन्त्र र पदलुप्त ब्याक्तिगत स्वार्थमा गाडिएको अबस्थामा छ्न।आम गरिब, किसान ,मजदुर र गरिखानेबर्गका छोराछोरी हरुको सुनौलो भबिस्यका हितमा जोडिएका बिषयहरु उनीहरुका एजेन्डामा पर्न सकेका छैनन। ।
बर्तामान समयमा लाखौं विद्यार्थीहरुको शिक्षा लिनपाउने अधिकार र उनीहरुको सहि भबिस्यका लागि आन्तरिक मुल्यांकन प्रणाली मार्फत योग्यता मापन गर्ने ,बैकल्पिक शिक्षाका माध्यमहरुको प्रयोग र बिस्तार गर्ने ,विद्यार्थीहरुलाई मनोबैज्ञानिक हिसाबले काउन्सिलिङ गर्ने ,आर्थिक हिसाबले बिपन्न परिवारका सबै विद्यार्थीहरुलाई विशेष राहत तथा प्याकेजको ब्याबस्था गर्नु नै तत्कालका लागि सहि विकल्प बन्न जानेछ।कोरोनाको कहर र त्यसपछिका दिनहरूमा देशको शैक्षिक मुहार बदल्न मृत्यु शैयामा रहेको विद्यार्थी आन्दोलनलाई ब्युझाउनुपर्ने साथै नयाँ शिराबाट विद्यार्थी आन्दोलनका एजेन्डा तय गर्दै नेपालीको शिक्षा क्षेत्रमा नयाँ बहसको थालनी गर्नु नै तडकारो आवश्यकता बनेको छ।