कोभिड १९ विश्वव्यापी प्रभाव : उद्योग धन्दा बन्द हुँदा करोडौँ मजदुरहरु बेरोजगार

डी. आर. बन्जाडे
साउन २४, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले कोभिड १९ का कारण विश्वभरका उद्योग धन्दा बन्द हुँदा करोडौँ मजदुरहरु बेरोजगार हुनुपरेको बताएका छन् ।     उनले कारोना संक्रमणले मुख्य रुपमा अर्थतन्त्रमा गंभिर असर पारेकाले विश्व नै आर्थिक मन्दीको स्थितिमा पुगेको बताए ।
अखिल नेपाल बुद्धिजीवि संघ रुपन्देहीले शनिवार आयोजना गरेको कारोना महामारीको बर्तमान अवस्था, यसले शिक्षा लगाएत अन्य क्षेत्रमा पार्ने दीर्घकालीन असर विषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै महामन्त्री सिंहले कोरोना संक्रमणबाट बाच्ने मात्र नभई त्यसले ल्याउने दीर्घकालीन असरसँग विजय हासिल गर्नुपर्ने बताए । उनले आत्मनिर्भर अर्थतन्त्रको निमार्ण र देशका दीगो विकासका लागि बर्तमान राजनीतिक अवस्थामा आमुल परिवर्तन अवस्यक रहेको बताए ।
कार्यपत्रमाथि स्वास्थ्य क्षेत्रका बारेमा टिप्पणी गर्दै डा. रविन्द्र पाण्डेले सरकारी तवरबाट अभियानका रुपमा नै कारोना टेष्ट गर्नु पर्नेमा जोड दिए । उनले अन्तराष्ट्रिय अनुभवका आधारमा विभिन्न मोडलमा टेष्ट गर्न सकिने धारणा राखे ।
कार्यपत्रमाथि टिप्पणी गर्दै शिक्षाविद लिला बहादुर केसीले विभिन्न चरणहरुमा कोभिडको असर न्यूनीकरण गर्दै जानु पर्नेमा जोड दिए । ठूलो संख्यामा निजी विद्यालयका शिक्षक कर्मचारी अलपत्र परेको उल्लेख गर्दै पुर्ववत अवस्थामा फर्काउन सरकारले भूमिका खेल्नु पर्ने बताए ।
कृषि विज्ञ सीताराम तामाङ्गले बर्तमान कृषि प्रणालीले देशको विकास हुन नसक्ने भन्दै त्यसको लागि राजनीतिक परिवर्तन अवस्यक रहेको बताए । उनले सरकारले कृषिको बजेटमा कटौति गरेर चुकेको बताए ।
वातावरणविद सुनिल आचार्यले महामारीको जिम्मेवार पक्ष वातावरणीय नै हुने भन्दै त्यस तर्फ सचेत हुनुको विकल्प नरहेको बताए ।
भर्चुअल माध्यमद्धारा गरिएको अन्तरक्रियामा नेकपा (मसाल) रुपन्देहीका प्रवत्ता नारायण जिसीले कार्यपत्रमाथि धारणा राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार