साइकलसङ्गै माडी खोलामा खस्दा २ बालक बेपत्ता

साउन २४ प्युठान । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ प्यूठान सोत्रे निवासी हरिप्रसाद पार्धेका नाति सञ्जय पार्धेका छोरा अन्दाजी १०/११ वर्षीय सञ्जोक पार्धे र गोपाल गौतमका छोरा अन्दाजी ९/१० वर्षीय विपिन गौतम घर नजिकैको मोटरबाटोमा साइकल चलाउदै गर्दा सोत्रे ढिक (गोतामे टोल ढिक )बाट करिब १०० मिटर भन्दा बढी उचाईबाट माडी नदिमा खसेर बेपत्ता भएका छन ।

करिब साढे ६ बजेतिर साइकलसङ्गै माडी खोलामा खसेका २ बालकको खोजी कार्य निरन्तर छ । ईलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रहरी टोली र स्थानीयबाट खोजी कार्य चलिरहेपनी
रात परेको हुनाले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार