अधिकार प्राप्तिका लागि सबै जनजातिहरु एकजुट हुनुको बिकल्प छैन : भुजेल समाजका पुर्व केन्द्रीय उपाध्यक्ष : बिस्णु घर्ति

सुर्य भुसाल
साउन २५ सुपादेउराली अनलाइन । भुजेल समाजका पुर्व केन्द्रीय उपाध्यक्ष बिस्णु घर्तिले अादिबासि जनजाति भुजेल तथा अन्य समुदायको अधिकार का लागि सबै सचेत हुनु पर्ने र अधिकार सुनिश्चितता का लागि सबै ऐकजुट भएर अगाडि बढनु पर्ने बताउनु भएको छ ।    २६ अौ बिश्व अादिवासि तथा जनजाति दिबसको अबसरमा मालारानिमा अायोजित शुभकामना अार्दान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रम का प्रमुख अतिथि बिस्णु घर्ती ले सबै खाले जातजाति ले अाफ्नो अधिकार प्राप्त गर्नु नैसर्गिक अधिकार भएको बताउदै अाफुहरुको परम्परागत सस्कारलाई कहिले भुल्न नहुने बताउदै सबै गोलबन्द भएर लागे मात्रै अधिकार प्राप्त हुने बताउनु भयो । मालारानि गाउपालिका वार्ड नम्बर ३ मा भएको कार्यक्रममा बोल्दै धुर्कोट गाउपालि का भुजेल समाजका प्रतिनिधि चुरामणि घर्तिले अधिकार प्राप्तिका लागि समाजका सबै सदस्य हरु गोलबद्द भएर अगाडि बढनु पर्ने बताउनु भयो ।     भोजबहादुर घर्ति जिसि को सन्चालन यम बहादुर घर्ति जिसिको अध्यक्ष तामा भएको कार्यक्रममा उपस्थित भएका जनजाति हरुको भेलाले हरि बहादुर घर्तिको अध्यक्ष तामा मालारानि वार्ड नम्बर ३ गठन गरेको छ जसको उपाध्यक्षमा भिम बहादुर थापा मगर सचिव मा यम बहादुर घर्ति कोषाध्यक्षमा रेखा घर्ति सदस्यहरुमा अनिता मगर मान बहादुर घर्ति तारा पुन शान्ता थापा मगर भोजबहादुर घर्ति प्रेम घर्ति मगरलाई समिति मा चयन गर्दै छिटोभन्दा छिटो मालारमनिमा पालिका स्तरिय समिति गठन गर्ने निर्णय गरेको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार