कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले एक भव्य समारोहका बिच शस्त्र प्रहरि नायब उपरीक्षक महर्जनलाई स्वागत तथा शस्त्र प्रहरि नायब उपरीक्षक रेग्मीलाई बिधाई

सुर्य भुसाल
साउन २५ सुपादेउराली अनलाइन अर्घाखाँची । कर्मचारी मिलन केन्द्र अर्घाखाचिले एक भब्य समारोहबीच नब अागन्तुक शस्त्र प्रहरि नायब उपरीक्षक रामकृष्ण महर्जनलाई स्वागत तथा शस्त्र प्रहरि नायब उपरीक्षक माधब रेग्मीलाई बिधाई गरेको छ । मिलन केन्द्र ले नब अागन्तुकलाई सदस्यता दिएर स्वागत गर्ने र सरुवा भएर जानेलाई मायाको चिनो प्रदान गर्ने कार्यक्रम अनुसार अाज बिधाई तथा स्वागत गरिएको बिशेष नापि कार्यलयका प्रमुख तथा मिलन केन्द्र का अध्यक्ष कुसल उपसचिव खिम रानाले जानकारी दिनु भयो । 
कार्यक्रममा अाफ्नो भनाइ राख्दै बिदाई हुनु भएका डिएसपि माधब रेग्मीले हाल सम्म अर्घाखाँची मा बस्दा अाफुले सबै तिरबाट साथ सहयोग प्राप्त गरेको बताउदै अर्घाखाँची कहिले नबिर्षने बताउनु भयो । नवअागन्तुक डिएसपि रामकृष्ण महर्जनले जिल्लाकाे शान्ति सुरक्षा अमन चयन कायम गर्न अाफु प्रतिबद्ध भएर लाग्ने बताउदै जिल्ला बासिको सहयोग ले अाफुले काम गर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला न्यायाधीश बासुदेव न्याैपाने,प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेल,नेपाल रेडक्रस साेसाईटी सभापति कुशल भुसालले मन्तव्य राख्दै दुवै शसस्त्र प्रहरी नायव उपरीक्षकहरूकाे कार्य सफलताकाे शुभकामना दिनुभएकाे थियाे । 
कार्यक्रम कर्मचारी मिलन केन्द अर्घाखाँची का अध्यक्ष विशेष नापी कार्यलय अर्घाखाँचीका प्रमुख खिम रानाकाे अध्यक्षता, साहायक बन अधिकृत तथा मिलन केन्द्र का सहसचिव शिला प्राेखरेलकाे सञ्चालन सम्पन्न भएकाे कार्यक्रममा कार्यलय प्रमुखहरु मिलन केन्द्र का पदाधिकारि सदस्य हरुको उपस्थिति रहेको थियोे मिलन केन्दले निकै रचनात्मक काम गर्दै अाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार