सन्धिखर्क वासीलाई खुशीको खबर

शहरी बिकाश मन्त्रालय, निर्वाचन क्षेत्र बिकाश कोष,५ नं. प्रदेश,सन्धिखर्क न.पा.र सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मुल सस्थाको संयुक्त लगानीमा आयोजनाको प्रारम्भ भएकाे नाैलापानी राटटारी सन्धिखर्क १ र २ खानेपानी आयोजनाको सम्पुर्ण निर्माण कार्य सम्पन्न भई खानेपानी संचालनमा आएकोले यही २०७७ साल भाद्र १ गते देखि लागू हुने गरि खानेपानी महशुलमा हाल कायम रहेकाे न्युनतम महशुल दर ३२०।- लाई घटाई २५०।- कायम गरिएकाे सवै ग्राहक बर्गहरुमा यसै सुचना द्दारा जानकारी गराईएकाे छ,
साथै यस आयोजनालाई शुरूकाे चरण देखि अन्तिम चरण सम्म आयोजना निर्माण कार्य गर्दा सहयाेग तथा हाैसला प्रदान गर्नु हुने अर्घाखाँची जिल्लाका माननीय संघिय सांसद टोप बहादुर रायमाझी राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खडका “उज्ज्वल” प्रदेश सभा सदस्य हरू, जिल्ला समन्वय समिति, सन्धिखर्क नगरपालिका परिबार , जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ,निर्माण समिति ,पुर्ब खानेपानी अध्यक्ष पदाधिकारी ज्यु हरु सामाजिक कार्यमा अग्रिम भुमिका निभाउने बुद्धिजीवी हरू सन्धिखर्क नगरपालिका १,२,३,९,१० का वार्ड अध्यक्ष तथा जनप्रतिनिधि हरू , मालारानी गाउँ पालिका ५ का वार्ड अध्यक्ष लगायत पानीको मुलक्षेत्रका जनताहरु, राजनैतिक दल नागरिक समाजका अगुवाहरू तथा निर्माण ब्यबसायी जग्गाधनी , निर्माण कार्यमा खटनुहुने मजदुर, पत्रकार, संचारकर्मी हरूमा हार्दिक धन्यबाद दिन चाहान्छाै !!
कृष्ण प्रसाद आचार्य
आयोजना प्रमुख तथा सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर आयोजना सन्धिखर्क अर्घाखाँची !!

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार