अविरल फिल्म्सको “भुरुरु उडेको चरी” टिकटकमा भाइरल हुदै (हेरौ पुरा भिडियो)

साउन २६ सुपादेउराली अनलाइन । हिन्दुमहिलाहरुको महान पर्ब हरितालिका तीज नजिकिदै गर्दा आम दर्शकको माझमा विभिन्न खाले गीत संगीत बजारमा सार्बजनिक हुदै गर्दा कति मौलिक गीत छन् भने कति छाडा र अपाच्य खालका पनि गीत छन् तर अविरल फिल्म्सले आफ्नै प्रस्तुतिमा र बजार ब्यबस्थापनमा अत्यन्तै दर्शकको मन जित्ने खालको गीत “भुरुरु उडेको चरी ” बजारमा ल्याएको छ l सार्बजनिक भएको छोटो समयमै टिकटकमा सोहि गीतका सम्पूर्ण टुक्का भाइरल भएका छन् , देवी घर्ती, पुरुषोत्तम गैरेको स्वर रहेको तीज गीतमा पुरुषोत्तम गैरेकै लय रहेको छ भने बिमल पौडेलको सब्द रहेको छ l बिबाहित जोडीको माया प्रेमलाइ जोडिएको गीतमा सुमन पौडेल , आश्विनी पाण्डे , परि शर्मा , बिनोद पराजुली र साधना भण्डारीको प्रस्तुति देख्न सकिन्छ l बिष्णु भट्टराईको निर्देशन छायानाकन तथा सम्पादन रहेको भिडियो बुटवलको बिगचेयर रिसोर्टमा छायांकन गरिएको छ l सगुन शर्माको श्रीन्गार रहेको भिडियो अविरल फिल्म्सको युटुब च्यानल देखि सार्बजनिक गरिएको छ l गीत अत्यन्तै मौलिक र सबैको मुखमा झुन्डिने खालको भएर पनि आम दर्शकको रोजाइमा परेको निर्देशक बिष्णु भट्टराई बताउछन हेरौ सबैको मुखमा झुन्दिना सफल गीत “भुरुरु उडेको चरी” को पुरा भिडियो

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार