अर्घाखाँचीमा एक परिवारले आफ्ना बाबु आमाको स्मृतिमा बिद्यालयमा ७३०८० रुपैंयाको अक्षयकोष स्थापना

माधव खनाल
साउन २९ सुपादेउराली अनलाइन अर्घाखाँची ।

जिल्लाको भुमिकास्थान नगरपालिका वडा नंवर १ साम्नेगाउँ निवासी स्वर्गीय शिवलाल खनाल र स्वर्गीय मोतिकला खनालको सम्झनामा स्थानीय बाल शिक्षा माध्यमिक बिधालयमा ७३,०८० रुपैया बराबरको अक्षयकोष स्थापना गरेको स्वर्गीय खनालका जेठा छोरा मेघराज खनालले बताउनुभयो । साथै खनालले आफ्ना आमाबुबाको चाहना अनुसार आफुहरुले बिधालयमा अक्षयकोष स्थापना गरिएको बताउनुभयो। त्यस्तै स्वर्गीय खनालका कान्छा छोरा टामलाल खनालले अक्षयकोषबाट आउने ब्याजबाट बिधालयमा अध्यन गर्ने गरिव तथा जेहेन्दार बिद्यार्थीहरुलाइ छात्रवृत्ति बितरण गर्ने जानकारी दिनुभयो। स्वर्गीय शिवलाल खनालको २०५२ पुस १७गते ७३ वर्षको उमेरमा र स्वर्गीय मोतिकला खनालको २०७६ भदौ ३गते ८० वर्षको उमेरमा निधन भएको थियो । खनाल परिवारले स्वर्गीय आमा मोतिकला खनालको बार्षीक पुण्य तिथिको अवसर पारेर बिधालयका प्रधानध्यापक युवराज खनाल र बिधालय ब्यबस्थापन समितिका अध्यक्ष कासबहादुर गमाललाइ अक्षकोष बापतको रकम हस्तान्तरण गरियको थियो । स्वर्गीय शिवलाल र स्वर्गीय मोतिकला खनालका ३ भाइ छोरा तीन वुहारी चार बैनी छोरिहरु र नाति नातिना हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार