ब्याज मिनहा र किस्ताको मिती सार्न ट्रक ब्यवसायिको माग

श्यामलाल पोखरेल
बुटवल, बैशाख ७ ।
संसारभर फैलिरहेकोे कोरोनाको संक्रमणले हरेक क्षेत्र प्रभावित भएको छ । यातायात, उद्योग तथा व्यापार, शिक्षा, कृषि, बजार लगायत सबै क्षेत्र लक डाउनका कारण प्रभावित भएका छन् । लकडाउनले व्यवसायी समस्यामा परेको भन्दै ट्रक यातायात व्यवसायीले लकडाउन अवधीको ब्याज मिनाहा गर्न र किस्ताको मिती सार्न माग गरेका छन् । लकडाउनका कारण काम ठप्प भएकाले बैंकको ब्याज र किस्ता तिर्न नसक्ने अवस्था सिर्जना भएको ट्रय ब्यवसायीको गुनासो छ । नेपाल ट्रक यातयात व्यवसायी महासंघ प्रदेश ५ ले विज्ञप्ती जारी गरी ट्रक व्यवसायीको पेशा लकडाउनका कारण संकटमा परेकाले बैंक तथा वित्तिय संस्थावाट लिएको ऋणको व्याज तिर्न कठिनायी भएको बताएको छ ।

ढुवानीका साधन संचालन हुन नपाउंदा लगानीको प्रतिफल प्राप्त नहुने भएकाले लकडाउन अवधीको सवारीको करसमेत मिनाहा गर्न ट्रक व्यवसायीले सरकारसंग माग गरेका हुन् । लकडाउन अवधीको ट्रक यातयात व्यवसायीले बैंक तथा वित्तिय संस्थामा सवारी साधन राखेर लिएकोे ऋणको व्याज मिनाहा गर्न नेपाल ट्रक यातयात व्यवसायी महासंघ प्रदेश ५ का संयोजक यमप्रसाद पाण्डेको माग छ । संयोजक पाण्डेले लकडाउनको परिस्थितीलाई मध्येनजर गरी ट्रक व्यवसायीलाई राहत प्रदान गर्न सरकारसंग माग गर्नुभयो । लकडाउनका कारण ढुवानीका साधन संचालन हुन नसक्दा आम्दानीको श्रोत ठप्प हुंदा व्याज तिर्न नसकिने अवस्था आएको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव जीत बहादुर भाटले बताउनु भयो । लकडाउनको अवधी लम्बिदै गएमा हरेक ४ महिनामा वझाउनु पर्ने रुट परमिट र ६ महिनामा बुझाउने जांचपास शुल्क पनि मिनाहा गर्नुपर्ने ट्रक व्यवसायीको माग छ । नेपाल ट्रक यातयात व्यवसायी महासंघ प्रदेश ५ अन्तर्गतका छ वटा संस्थामा ६५ सय सवारी साधन सञ्चालनमा छन् । ६५ सय सवारी साधन संचालनका लागि १६ अर्ब २५ करोड बैक तथा वित्तिय संस्थावाट ट्रक व्यवसायीले ऋण लिएका छन् । सहज अवस्थामा ब्याज र किस्ता समयमै बुझायएको र अहिले समस्या परेकाले ब्यवसायिका समस्या बुझिदिन बैंक तथा वित्तिय संस्थाहरुलाइसमेत यातायात ब्यवहायीले आग्रह गरेका छन् ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार