खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय पाल्पाले आर्थिक बर्षमा ९० प्रतिसत प्रगति हासिल

सुर्य भुसाल
साउन ३० सुपादेउराली अनलाइन अर्घाखाँची । खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय पाल्पाले अार्थिक बर्ष २०७६/२०७७ मा लक्ष्य अनुसार ९० प्रतिसत प्रगति हासिल गर्न सफल भएको डिभिजन प्रमुख सिव कुमार श्रेष्ठले जानकारी दिनु भयो ।  खानेपानी डिभिजन कार्यलय पाल्पा र साईट कार्यलय अर्घाखाँची गरि ९० प्रतिसत प्रगति हासिल गर्न डिभिजन कार्यलय पाल्पा सफल भएको हो । पाल्पा डिभिजन कार्यलय को मातहतमा दुई जिल्लामा गरि प्रदेस र सघिय सरकार ले लगानि गरेका १६५ योजनाहरु रहेका थिए जसमा अार्थिक बर्ष २०७६/२०७७ अषाढ मसान्तसम्म २३ वटा खानेपानी अायोजनाहरु पुर्ण रुपमा सम्पन्न भएका छन भने अन्य योजना हरुमा काम निरन्तरता दिएको छ अार्थिक बर्ष २०७७/२०७८ मा भने २५० योजनामा काम हुने गरि प्रक्रिया गगाडि बढाईएको डिभिजन प्रमुख श्रेष्ठले जानकारी दिनु भयो । डिभिजन प्रमुख सिव कुमार श्रेष्ठ पहिला अर्घाखाँची जिल्लामा डिभिजन प्रमुख रहेर गुणस्तरीय काम गराउन सफल भएका सिनियर डिभिजन ईन्जिनियर हुन श्रेष्ठ को कार्यकालमा डिभिजन कार्यलय पाल्पा रहेपनि अर्घाखाँची बासिले सहज ढङगले अर्घाखाँची बाट सेवा लिईरहेका छन योजना हरुको सम्झौता मुल्यांकन अनुगमन अर्घाखाँची बाटनै हुने गर्छ र अर्घाखाँची का योजनाको भुक्तानी पाल्पा बाट चेक काटिएको भएपनि अर्घाखाँची सम्म ल्याउने लैजाने मिलाएको कारण अर्घाखाँची बासिले झन्जट नपर्ने गरि काम भईरहेको छ । खानेपानी डिभिजन पाल्पा अन्तरगत अर्घाखाँची मा सबैभन्दा बढि योजना हरु छन जुन योजना क्रमागत रुपमा अगाडि बढि रहेका छन थोरै जनसक्ति का बिचमा पनि धेरै प्रगति हासिल गर्ने कार्यलयको रुपमा पाल्पा डिभिजन पर्दछ अर्घाखाँची जिल्ला मा रहेको साईट कार्यलयमा पनि दुईजना मात्रै ईन्जिनियर छन जुन ईन्जिनियर सहितका प्राबिधिक रातदिन फिल्ड अपिसमा खटेर काम गरेपछि ९० प्रतिसत प्रगति हासिल भएको साईट कार्यलय अर्घाखाँची का प्रमुख राम भरोस याबले बताउनु भयो । बिश्वब्यापी फैलिएको कोरोना रोगका कारण बिकासमा जतासुकै प्रभाब परेको थियोे तर पाल्पा डिभिजन ले सरकारले दिएको बजेट पुरा गरि थप बजेट सरकार सग मागेर काम गरेको हो । खानेपानी का काम अधिकाम्स उपभोक्ता समिति मार्फत गरिन्छ उपभोक्ता ले दैनिक प्रयोग गर्ने पानि रेखदेख पनि उपभोक्ता ले गरेपछि काम गुणस्तरीय हुने गर्दछ अर्घाखाँची मा पनि ठुला ठुला योजनाहरु चालु अबस्थामा छन खानेपानी कार्यलयले गरेको काम प्रति कसैले गुनासो गर्ने गरेका छैन दुबै जिल्ला का राजनीतिक दलका नेताहरु जनप्रतिनिधि हरु सरोकारवाला हरु ले खानेपानी डिभिजन ले गरेको कामको प्रसम्सा गर्ने गर्छन । डिभिजन प्रमुख सिब कुमार श्रेष्ठ अर्घाखाँची जिल्लामा पनि प्रत्यक हप्ता फिल्ड भिजिटमा अाउने गर्छन र जन्ताका गुनासा सुन्ने र समधान गर्ने गर्छन अत्यान्तै सालिन भद्र स्वाभाका कार्यलय प्रमुख श्रेष्ठ स्वछ्व छबिका सबै ले मन पराएका कार्यलय प्रमुख हुन । कर्मचारीलाई निकै ब्यबस्थापन गर्न सक्ने प्रमुख श्रेष्ठ को कर्मचारी हरुले पनि निकै प्रसम्सा गर्छन यस अाथिक बर्षमा पनि अब उपभोक्ता समितिका कामहरु सम्झौता गर्ने पाईप खरिद टेन्डर प्रक्रिया अगाडि बढाउने गरि काम सुरु गर्न लागिएको डिभिजन प्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार