मालारानी गाउपालिकाद्वारा कर्मचारीहरुका लागि ७ दिने पुनर्ताजगी प्रशिक्षण दिन शुरु

सुर्य भुसाल
साउन ३० सुपादेउराली अनलाइन अर्घाखाँची । अर्घाखाँची जिल्ला को मालारानि गाउपालिका अर्घाखाँची ले गाउपालिका वार्ड कार्यलय बाट हुने दैनिक सेवा प्रवाह सम्बन्धि कर्मचारी हरुका लागि ७ दिने पुनर्ताजगी प्रशिक्षण दिन शुरु गरेको गाउपालिका का प्रमुख प्रसासकिय अधिकृत बिस्णु घर्ति भनभनेलिले जानकारी दिनु भयो । सामाजिक दुरि कायम गरि गरि गाउपालिका भित्र रहेका सबै कर्मचारी हरुलाई छिटोछरितो सेवाप्रभवाह मुस्कान सहितको सेवा जनमैतृ प्रसासन बनाउने उदेश्य अनुरुप पुनर्ताजगी तालिम दिन सुरु गरिएको हो । तालिमको एक समारोहबीच गाउपालिका का अध्यक्ष बालकृष्ण अाचर्य सर्माले उदघाटन गर्नु भएको थियोे ।कार्यक्रममा उपाध्यक्ष प्रमिला क्षेत्री प्रमुख प्रसासकिय अधिकृत बिस्णु घर्ति भनभनेलि ले गाउपालिका बाट कसरि छिटोछरितो सेवा दिन सकिन्छ कर्मचारी र अाम नागरिक बिच हुनु पर्ने सम्बन्ध कानुनि जटिलता लगाएतका बिषयमा अाफ्नो भनाइ राख्नु भएको थियोे ।   तालिम बाट गाउपालिका भित्र का कर्मचारी हरुले धेरै कुरा सिक्नेमा अाफुहरु अासाबादि रहेको घर्ती ले बताउनु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार