जिल्ला अायोजना कार्यनयन ईकाई ले गएको अार्थिक बर्ष २०७६/२०७७ अषाढ मसान्त सम्म ९५ प्रतिसत प्रगति हासिल

सुर्य भुसाल
साउन ३० सुपादेउराली अनलाइन अर्घाखाँची । अर्घाखाँची मा रहेको जिल्ला अायोजना कार्यनयन ईकाई ले गएको अार्थिक बर्ष २०७६/२०७७ अषाढ मसान्त सम्म ९५ प्रतिसत प्रगति हासिल गर्न कार्यलय सफल भएको जिल्ला अायोजना कार्यनयन ईकाईका प्रमुख ईन्जिनियर सोहिन्दर यादबले जानकारी दिनु भयो ।
अर्घाखाँची जिल्लामा अायोजना कार्यनयन ईकाईको मातहतमा दुईवटा ठुला सडक अायोजनामा काम भईरहेको छ ।सितगङगा नगरपालिका को चाक्ला सिद्दारा सडक अायोजना उपल्ला खर्क ढाकाबाङ मा गरि दुईवटा अायोजना छन जसमा उपल्ला खर्क ढाकाबाङको काम सम्पन्न भएको र चाक्ला सिद्दारा सडकको डिभेस्टिक पिचको काम सुरु भएको एक चरणको काम ८ किलोमिटर सम्म पिच भएको र यो पिच ३ पटक गर्ने गरि काम भईरहेको अायोजना प्रमुख यादबले बताउनु भयो । कार्यनयन ईकाईले निजि अाबास अनुदान कार्यक्रम RSRV -२ अन्तरगत १५४ जना लाभग्राहि पहिचान भए मध्य १३४ जना लाभग्राहिले सम्झौता गरेको र पहिलो किस्ता अन्तरगत १३४ जनाले रकम लगेको दोस्रो किस्ता ६१ जनाले र तेस्रो किस्ता ९ जनाले दोस्रो चरणमा लगेको अायोजना प्रमुख यादबले जानकारी दिनु भयो । यो भन्दा पहिला ११८९ जना लाभग्राहिको पहिचान भएको थियोे भने १०८० जनाले पहिलो किस्ता लिएका थिए भने दोस्रो किस्ता ६८६ जना र अन्तिम किस्ता ५८१ जनाले लिएर राम्रो काम गरि प्रगति हासिल भएको थियोे । अार्थिक वर्ष २०७७/२०७८ मा निजि अाभास को सम्झौता गर्न बाकि रहेका पहिचान भएका ब्यक्तिहरुले भदौ मसान्त भित्र अनिवार्य सम्झौता गरि पहिलो किस्ता लैजानु पर्ने छ । यस कार्यलयमा सुहधिर यादब अाएपछि कामले दुर्त गति लिएको छ अर्घाखाँची मा धेरै काम गर्ने सरकारि कार्यलय को सुचिमा जिल्ला कार्यनयन ईकाई पर्दछ कार्यलय प्रमुख यादब सरल सभाबका कार्यलय प्रमुख हुन राम्रो काम गर्ने गुणस्तरीय काम गराउने प्राबिधिक ईन्जिनियर यादबले अाफु दैनिक फिल्डमा खटिने गरेको बताउनु भयो जन्ताको काम छिटोछरितो गर्ने अाफ्नो उदेश्य रहेको यादबको भनाइ छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार