राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ द्वारा श्रद्धाञ्जली शभा सम्पन्न

माधव खनाल
३१ श्रावण सुपादेउराली अनलाइन अर्घाखाँची
राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वडा न १ को आयोजनामा राष्ट्रिय जनमोर्चाका सकृय सदस्यहरु नेत्रप्रसाद खनाल खुमप्रसाद खनाल फर्सुराम खनालकी कि आमा तथा सारदा खनाल मिना खनाल र सीता खनालकी सासुआमा स्वर्गीय डिला खनालको सातौं दिनको पुण्य तिथिको अवसर पारी आज श्रद्धाञ्जली शभा सम्पन्न भएको छ।     श्रद्धाञ्जली शभामा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला सदस्य तथा भुमिकास्थान नगरपालिकाका उपाध्यक्ष कविराम खनालले स्वर्गीय खनालको निधनले गर्दा राष्ट्रिय जनमोर्चा दुखित भएको बताउदै स्वर्गीय खनालले देखाएको बाटोमा लाग्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गर्दै शोकलाइ शक्तिमा परिणत गर्न आग्रह समेत गर्नुभएको छ यस्तै श्रद्धाञ्जली शभामा मन्तव्य राख्नेहरुमा अखिलनेपाल शिक्षक संघ भुमिकास्थान नगर सचिव रामप्रसाद खनाल राष्ट्रिय जनमोर्चाका भुमिकास्थान नगरपालिका सदस्य भोजराज खनाल लगायतले मन्तव्य राख्नुभएको थियो श्रद्धाञ्जली शभामा भुमिकास्थान १ का वडा सदस्य गोपाल नेपाली चमकला नेपाली जातिय समातासमाजका जिल्ला सदस्य रामबहादुर नेपाली नेपाली काङ्ग्रेसका प्रतिनिधि गोपाल खनाल नेकपा प्रतिनिधि दुर्गा खनाल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम स्वर्गीय डिला खनालका जेठा छोरा नेत्रप्रसाद खनालको अध्यक्षता भोजराज खनालको संचालनमा सम्पन्न भएको थियो । खनालको २०७७ साल श्रावण २५ गते ७४ बर्षको उमेरमा निधन भएको थियो स्वर्गीय खनालका तीन छोरा तीन बुहारी दुई छोरी दुई ज्वाइँ र नातिनातिना हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार