सुर्य भुसाल
भाद्र ०१ सुपादेउराली अनलाइन अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँची का प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटाले छिटोछरितो सेवा दिन र प्रतिफल देखिने गरि काम गर्न नगरपालिका का कर्मचारी हरुलाई अाग्रह गर्नु भएको छ । सोमबार सन्धिखर्क नगरपालिका को प्रमुख प्रसासकिय अधिकृत को रुपमा कार्यभार समाल्दै साप्कोटाले सबै नगरवासि को सहयोग बाट नगरपालिका लाई हराभरा समुन्नत सुबिधा सम्पन्न नगरपालिका बनाउन अाफुहरु लागि पर्ने बताउनु भयो । प्रधानमन्त्री कार्यलय बाट सरुवा भई नगरपालिका मा हाजिर हुन अाउदा साप्कोटालाई नगरपालिका कर्मचारी हरुले भब्य स्वागत गरेका थिए । कर्मचारी हरुको स्वागत पोछि अाफ्नो कार्यकक्षमा नगरपालिका का कर्मचारी हरुसग कुरा कानि गर्दै साप्कोटाले मुस्कान सहितको सेवा प्रभाबकारि सेवा छिटोछरितो सेवा दिन र सिहदरबार को अधिकारि गाउगाउमा अाएको महसुस नगरबासिलाई गराउन कर्मचारी लाई अाग्रह गर्नु भयो । साप्कोटा सन्धिखर्क नगरपालिका अर्घाखाँची मा अाएको यो दोस्रोपटक हो साप्कोटा अनुभबि दक्ष निर्बिभादित उपसचिव हुन सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिकले साप्कोटालाई कार्यकक्षमा खादा अोढाई स्वागत गरेका थिए । नगरप्रमुख भुसाल ले साप्कोटालाई जिम्मेवारी बोधका साथ नगरपालिका लाई समुन्नत हराभरा नमुना भष्टचार मुक्त नगरपालिका बनाउने अाफुहरुको योजना स्पिटका साथ अगाडि लैजान नगरप्रमुख भुसालले अाग्रह गर्नु भएको थियोे ।
भुसालले नगरपालिका मा सुसासन कायम गर्न समेत साप्कोटालाई अाग्रह गर्नु भएको थियोे ।स्वागत पझि साप्कोटाले जनप्रतिनिधि हरुले बनाएको निति नियम कानुनलाई लिपिबद्द गरेर अाफुले त्यसलाई कार्यनयन गरेर प्रतिफल देखिने गरि काम गर्ने बताउनु भएको थियोे ।