एसईईको अंक दिने पद्धतिले विद्यार्थीमा हिनताबोध: अखिल (छैठौं)

भाद्र २ काठमाडौ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले एसईईको अंक दिने पद्धतिका कारण सरकारी विद्यालयका विद्यार्थीहरुमा हिनताबोध पैदा भएको बताएको छ ।

शहरी क्षेत्रका निजी विद्यालयले आफ्ना विद्यार्थीलाई मनलाग्दी अंक दिँदा निजी र सरकारी विद्यालयका विद्यार्थीबीच झनै ठुलो खाडल उत्पन्न भएको अखिल (छैठौं)ले ठहर गरेको छ ।   

मंगलबार विज्ञप्ति प्रकाशित गरी अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले एसईईको नतिजा प्रकाशन गर्दा गम्भीर लापरवाही गरिएको बताउनुभएको छ ।

यस वर्षको एसईई परीक्षाको नतिजा सोमबार प्रकाशित भएको छ । कोरोना संक्रमणका कारण एसई परीक्षा सम्भव नभएपछि विद्यालयहरुले लिएको कक्षा १० को टेस्ट परीक्षाका आधारमा दिइएको अंकलाई नै परीक्षा बोर्डले स्वीकृत गरी नतिजा प्रकाशन गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार