
पुरन पोख्रेल
खासमा २०७२ सालमा २ जना यसैगरी २०७३-४,२०७४-७४,२०७५-१०६,२०७६- ९३१८ जना कसरी भनेर बबण्डर मच्याइएको छ।हामिले यो भन्दा पहिला हाम्रो परीक्षा प्रणाली कस्तो थियो ? ३ घण्टा भित्र बर्षभरिको विद्यार्थीको ज्ञान सीप क्षेमताको मुल्यांकन हुनुपर्ने हो? के विषय संग सम्बन्धित सम्पुर्ण ज्ञान त्यहा सोधिएका प्रश्न बाहेक अरुले निर्धारण गर्दैन?विद्यार्थीको परिक्षा दिनेबेलाको मनोबैज्ञानिक ,स्थिति र परिस्थिति का बारे के ३ घण्टाले कुनै मापन गरेको थियो?अथवा यो भन्दा अगाडीका बर्षहरुमा ४ जिपिए ल्याइउने सबै योग्य र सफल भएको त्यो भन्दा कम ल्याउने असफल भएको कुनै ग्यारेन्टी भएर त्यस आधारमा अहिले ४ जिपिए ल्याउने ९३१८ धेरै भएर अयोग्य छ्न भन्न खोजिएको छ? वास्तवमा बिधालयले प्रत्यक विद्यार्थी ४ जिपिए ल्याउन सक्षम हुनुपर्छ भन्ने उदेश्यका साथ पढाउछ्न र उनिहरुले विद्यार्थीको समग्र मुल्यांकन ब्याबहार सीप दक्षता आधारमा दिन्छ्न अहिले भएको पनि त्यही हो बरु चिन्ता बाकी विद्यार्थी किन उत्कृष्ट बन्न सकेनन भन्नेतर्फ हुनुपर्ने हो।हामिले अहिले हेर्ने हो इतिहास पल्टाउने हो भनेपनी SLC कति कडा थियो जहाँ उत्कृष्ट ल्याएकाहरु भन्दा मध्यम अंक ल्याउने कैयौं विद्यार्थीहरु आज सक्षम र सबल छ्न त्यसैले सकारात्मक तरिकाले बुझौं SEE लाई सम्पूर्ण जिबनको सफलता संग नजोडौ यो त सामान्य बिधालय स्तर यानेकी घर परिवार छोडने बेला मात्रै हो विद्यार्थीले धेरै कुरा अध्ययन गर्ने बेला बल्ल आउने छ यो त खासमा ब्याबहार निमार्ण र क्षमता बिकास मात्रै थियो!बरु प्रश्न कहाँनेर हो भने परीक्षा बोर्डले सम्पुर्ण तथ्य र डाटा बाहिर ल्याउनु पर्छ ।तथ्यांक र डाटा बिनाको रिजल्टले विद्यार्थी आफैको स्वमुल्याङकन मा असर पुग्नेछ र भबिस्य निर्धारण यानेकी बाटो रोज्न समस्या पर्नेछ।धन्यवाद
(लेखक अखिल (छैठौं)का केन्द्रीय सदस्य हुन्)