हौसला दिउ मानसिक तनाव होइन ।

बिष्णु मिजार
पहिला पहिला एसएलसी काे समयमा नतिजा प्रकाशित हुने दिन विद्यार्थीका लागि मेला लागे जस्तै हुन्थ्यो परिक्षा दिने पनि थाेरै हुन्थे । अभिभावक देखि गाउँका मानिसहरु नतिजाको बारेमा सबै चासाे राख्थे । राम्रो नतिजा अाएमा भाेज लगाउने मिठाइ बाढ्ने काम हुन्थाे जे हाेस् गाउँमा अनि घरमा उमङ्ग नै छाउथ्याे।
समय परिवर्तन सङ्गै नेपालीको शिक्षा प्रणालीमा धेरै नै परिवर्तन अाएकाे छ। विज्ञान र प्रविधिकाे यो युगमा नेपालीको शिक्षा प्रणाली पनि अन्तर्राष्ट्रियकरण हुदै गएको छ।जसले गर्दा एसएलसी हटेर अहिले एसइइ भएको छ र नतिजा पनि अक्षराङ्क पद्धति बाट अाउन थालेको छ। पहिले पहिले एसएलसी काे नतिजा सुन्न हुटहुटि नै चल्दथाे तर अहिले नतिजा अाउने दिन पहिला जस्तो हर्ष उमङ्ग भने हराउन थालेको छ।झन यो बर्ष काेराेना भाईरसकाे महामारी ले गर्दा परिक्षा हुन सकेन तर नतिजा भने विद्यालयले मुल्यांकन गरि पठाएको नतिजा एसईई नतिजा काे रुपमा प्रकाशित भएको छ।धेरैले राम्रो नतिजा ल्याए तर यो सालको नतिजा ले बाहिर नराम्रो हल्ला फिजिएकाे छ जस्तो कि काेराेना व्याच, मिहेनत विनाको फल लगायत अन्य ।यस्तो नकारात्मक हल्ला तथा टिप्पणीले गर्दा विद्यार्थी काे मानसिक समस्या उत्पन्न हुने देखिन्छ ।एसईई नहुनु विना परिक्षा नै नतिजा अाउनु उनिहरुकाे रहर होइन बाध्यता हो किनकि परिस्थिति नै यस्तै भयो ।उनिहरुकाे चाहना हुदाहुदै पनि परिक्षा दिन पाएनन् यस्तो अवस्था पनि मुल्यांकन काे अाधारमा विद्यालयले पठाएको नतिजाकाे अाधारमा रिजल्ट प्रकाशित भयो यसमा विद्यार्थी काे के दाेष?यहा अाफ्नाे छाेराछाेरि अाफन्तले यसरी नै राम्रो अङ्क ल्याउदा कुनै अापत्ति नदेखाउने तर अरुले ल्याउदा परिश्रम विनाको फल भनेर नराम्रो सन्देश फैलाउने ?यस्तो नकारात्मक सन्देश फैलाउने ले एक पटक साेच्नुस त यदि तपाईं समयमा नै यस्तो महामारी अाएर यै अवस्था अाएकाे भए के हुन्थ्यो ?
परिक्षा कै लागि भनेर वर्ष भरि मिहेनत गरेका थिए र सबै जना परिक्षा दिन तयारी अवस्था मा नै थिए तर अन्तिम अवस्थामा अाएर परिक्षा स्थगित भयो त्यसमा विद्यार्थी काे के दाेष?यो समय भनेको विद्यार्थीहरु लाई नकारात्मक कुरा गरेर र परिक्षा विना पास भयौं भनेर मानसिक तनाव दिने होइन कि हाैसला र प्रेरणा दिने हो ?अहिले जसरि सामाजिक सन्जाल लगायत अन्य माध्यम बाट नकारात्मक टिप्पणी भइरहेको छ नि त्यसले गर्दा विद्यार्थी काे मानसिकता मा चाेट पुगेको छ।एसईई दिने उमेर भनेको अधिकाश विद्यार्थी १४-१६ बर्ष का छन । यो उमेर भनेको उनिहरुले जे सुने देखे त्यो मनसपटलमा गड्ने उमेर हो । अहिले जसरि सबैले काेराेना व्याच , मेहनत विनाको फल भनी नकारात्मक कुरा गर्छन् त्यसले उनिहरु मा मानसिक समस्या उत्पन्न गराएको छ।जसले गर्दा उनिहरु मा नकारात्मक प्रभाव परेको छ।यसले गर्दा सामान्य जस्तो टेन्सन लिने, अाफु प्रति घृणा गर्ने ,साेचाइमा परिवर्तन अाउने , पढाइमा रुचि घट्ने देखि लिएर जटिल अात्महत्या गर्ने सम्म काे घटना उत्पन्न हुन सक्दछ।
यस्तो अवस्था हामीले उनिहरु लाई नकारात्मक टिप्पणी गरेर मानसिक समस्य दिने होइन यो समय भनेको उनिहरुलाई हाैसला र प्रेरणा दिएर अझ अागामि दिनमा प्रगति गर्न सुझाव दिने हो ।यो नतिजा नै जिन्दगीको अन्तिम सफलता भए जसरी नकारात्मक टिप्पणी नगराै अझ अबको दिनमा राम्रो गर्न हाैसला दिउ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार