परम्पराको चितामा महिलाको सति

हर्क बहादुर लावती

    जंग बहादुर राणाले सति प्रथाको अन्त्य त गर्यो तर परम्पराको सतिबाट महिलाहरु मुक्त हुन सकेनन्। केहि-केहि परम्पराहरुमा महिलाहरु अझै पनि सतिको शिकार बनिरहेको छ । अझै पनि बिधुवा नारीहरुलाई समाजले हेर्ने दृष्टिकोण नै फरक किसिमको छ । जून सुकै शुभ कार्यहरुमा बिधुवा नारिहरुलाइ प्रतिबन्धित गराउने प्रचलन छ । त्यसै गरी महिलाहरुको रजस्वला सुरु भए सँगै छाउपडि गोठ बस्ने प्रचलन पश्चिम नेपालमा नभएको होइन त्यो संगै रजस्वला भएको महिलाहरुले छोएको खाने कुरा अथवा पानी समेत खानु या त पिउनु हुदैन भन्ने कुरा लाग्छ देश भरी नै कायम छ । महिलाहरु पतिको चितामा जल्नुलाई मात्र सति जानु भनिदैन, सति जानु भनेको आफ्नो अधिकार खोसिनु हो,नारिहरुको स्वतन्त्रता माथि खेलबाड हुनु अथवा नैसर्गिक अधिकार हनन् हुनु हो ।

अझै पनि हामीले सञ्जाल मार्फत सुनिरहेका छौ कि कुनै पनि नारी बलात्कृत भएपछि त्यो नारीको हत्या गर्छन् । त्यहाँ उनको बाच्नु पाउने अधिकार खोसिएको हुन्छ । या त ऊनी आफै आत्महत्या गर्छन् वा आत्महत्या नगरेता पनि समाजले उ प्रति हेर्ने दृष्टिकोण नै बेग्लै हुन्छ। र उ समाज देखि घृणित बन्छ। यस्तो अवस्थामा पनि बलात्कृत हुने नारी पारम्पारिक सतिको शिकार बनेकै हुन्छ । समाजको यो दृष्टिकोणलाई भण्डाफोर गर्नका निमित्त महिला स-शक्तिकरणको चरम अभाब छ। यस्तो कु-परम्पराको पछाडि धर्मको ठुलो भूमिका रहेको छ, हो धर्मले मानिसलाई अनुशासनको दायरामा ल्याउन महत्व पूर्ण भूमिका खेलेको हुन्छ भने परम्पराको नाममा मानिसलाई बन्दी समेत बनाउछ। सकारात्मक पक्षको समर्थन जनाउदै नकरात्मक पक्षको बिरोध गर्न समुदायका सम्पूर्ण महिला र पुरुष जागरूप हुन आवश्यक छ र ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार