सदस्यता शुल्क छुट गर्ने महासंघको निणर्य स्वागतयोग्यः प्रगतिशील पत्रकार संघ रुपन्देही

भाद्र ०३ सुपादेउराली अनलाइन ।   नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले ल २०७७ सालको सदस्यता शुल्क छुट दिने निर्णय गरेकोमा प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले स्वागत गरेको छ । संघका जिल्ला अध्यक्ष श्यामलाल पोख्रेल तथा सचिव डीआर बन्जाडेले संयुक्त रुपमा आज विज्ञप्ति जारी गरी स्वागत गर्नुभएको हो । 

विज्ञप्तीमा भनिएको छ ‘श्रमजीवि पत्रकारहरुको अभिभावक नेपाल पत्रकार महासंघले कोरोना महामारीमा रहेका पत्रकारहरुको आर्थिक अवस्थालाई बुझी २०७७ सालको सदस्यता शुल्क छुट दिने निर्णय गरेकोमा प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देही स्वागत गर्दछ ।

आफ्नो संगठनले विगतदेखि नै शुल्कमा छुटको माग गर्दै आएको स्मरण गराउँदै विषम परिस्थितिमा मिडिया हाउसहरुबाट पारिश्रमिक समेत नपाएको अवस्थामा नवीकरण शुल्क बुझाउन धौधौ भएको परिपेक्षमा शुल्क छुटको निर्णय ठिक भएको प्रगतिशीलको ठहर छ ।

यो अवस्थामा पत्रकारहरु जीवन जोखिममा राखेर रिपोटिंगमा खटिरहेका अवस्थामा श्रमजीवी पत्रकारका लागि उचित राहतका लागि प्रगतिशीलले संघीय, प्रदेश र स्थानीय सरकारहरुसँग माग समेत गरेको छ ।

‘सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेजस्ता गतिविधीहरुको पनि हामी कडा रुपमा विरोध गर्दै त्यसको लागि पत्रकार महासंघले पहल गर्न अग्रह गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।
स्रोत: yugdarshan.com

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार