सन्धिखर्क नगरपालिका अर्घाखाँची को आयोजनामा बृहत सरसफाइ अभियान शुरु

सुर्य भुसाल
भाद्र ०५ सुपादेउराली अनलाइन अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँची को अायोजनामा बृहत सरसफाइ अभियान शुरु भएको छ ।      हामि सफा गर्छौ हाम्रो नगरपालिका भन्ने अभियान अन्तरगत प्रत्यक हप्ताको शुक्रबार सस्थागत रुपमा सरसफाइ अभियान लाई निरन्तरता दिने गरि अभियान सुरु गरिएको नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनु भयो । नगरपालिका सबै ठाउहरुमा सरसफाइ अभियान लाई निरन्तरता दिईने छ ।सरसफाइ अभियानमा उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटा उपसचिव युगल नारायण बस्याल लगाएतका नगरपालिका का कर्मचारी हरुको उपस्थितिमा नगरपालिका परिषर सरसफाइ गरिएको नगरउपप्रमुख ठाकुर कुमार बिकले बताउनु भयो ।     नगरपालिका लाई हराभरा बनाउने ग्रिन सिटिको रुपमा बिकास गर्ने भष्टचार मुक्त सुसासन कायम पारदर्शिता बनाउने उदेश्य अनुरुप याहाका नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक लागि परेको र सोहि कामलाई निरन्तरता दिने काम लाई दुर्त गतिमा अाफुले लागु गर्ने प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटाले बताउनु भयो । कार्यक्रममा नगरपालिका जिबनारायण अाचर्य थान बहादुर महत्रा बाल बहादुर घर्ति लेखा अधिकृत मोहन गौतम स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजु लि प्राबिधिक ईन्जिनियर सव ईन्जिनियर हरु सबै कर्मचारी हरु को सहभागी तामा सरसफाइ गरिएको हो अागामि शुक्रबार शान्ति बगैचा टोल सुधार समिति को अगुवाइ मा सरसफाइ गरिने प्रसासकिय अधिकृत साप्कोटाले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार