संयुक्त ३ दलले बुझाए वडाध्यक्षलाई ध्यानाकर्षण पत्र

आशिष् जबेगु
भाद्र ०६ सुपादेउराली अनलाइन । इलामको माङ्सेबुङ गाउँपालिका वडा न. -४ मा राष्ट्रिय जनमोर्चा, नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टी ले संयुक्त रुपमा वडाको समस्या समाधान को माग सहित भाद्र – ०४ गते ध्यानाकर्षण पत्र बुझाएको छ।   ३ दलको श्रावण ३२ गते सम्पन्न बैठकले ध्यानाकर्षण पत्र बुझाउने र आगामी दिनमा वडाको समस्या समाधान मा सहकार्य गरि अघि बढ्ने निर्णय गरेको थियो। बिकास निर्माणको कार्यमा लापरबाही, चुनाबी प्रतिबद्धता अनुरुप काम नभएको, सार्वजनिक महत्त्व को विषयमा छलफल तथा सुनुवाइ नभएको, कोरोना भाईरसको जोखिम प्रती कुनै ठोस तयारी नभएको, पर्यटन क्षेत्र बिकासमा ध्यान नदिएको लगायत तमाम जनता को गुनासोहरुमा ऐक्यबद्धता जनाउदै पारदर्शी कार्य संचालन गर्न, माङ्सेबुङ -४ को पर्यटकीय क्षेत्र अमरचुली (झन्डे डाडा) र अन्धराजाको संरक्षण, सम्बर्द्धन, बिकास र प्रचारप्रसार गर्न, विदेशमा अलपत्र नागरिकको उद्दारमा सहयोग पुर्याउन, कोरोना भाइरस(कोभिड -१९) को जोखिम रोकथामको लागि वडा प्रवेशद्वारमा (स्वास्थ्य चेकजाँच गर्न, सुरक्षाकर्मी परिचालन गर्न,अव्यवस्थित प्रवेशमा कडाई गर्न र व्यवस्थित क्वारेन्टाइनको निर्माण गर्न), राहत वितरण कार्यको विवरण/प्रधानमन्त्री रोजगार कार्यक्रम को विवरण / मेलमिलाप केन्द्रको बार्षिक आर्थिक गतिविधि पारदर्शी ढंगले सार्वजनिक गर्न, सुरक्षा चौकीको व्यवस्थाको लागि पहल गर्न, वडामा H.A. स्तरको स्वस्थ्यकर्मीको नियुक्तिको पहल गर्न, मार्चेबुङ्ग – सिमलटार सडक खण्डको नाली निर्माण कार्यको आयव्यय सार्वजनिक गर्न, विशेष परिस्थितिमा सर्वदलीय बैठक राख्न, जनप्रतिनिधिको रबैया शैलीको अन्त्य गर्न, चुरे क्षेत्र र बन क्षेत्र को संरक्षण गर्न, बुनु देवान वालिका मृत्यु प्रकरण को निष्पक्ष छानबिन र राहत उपलब्ध कार्यमा भुमिका निर्वाह गर्न, खेलकुद क्षेत्रमा बजेट वृद्धि गरि कुशल खेलाडीहरुको संरक्षण गर्न लगायत जनता को समस्याहरु उल्लेखित १३ बुदे माग सहित ध्यानाकर्षण पत्र बुझाएको छ।
राष्ट्रिय जनमोर्चा को तर्फ बाट ४ न. वडा संयोजक उदय सुब्बा, सह- संयोजक बुद्धरानी तुम्सा, नेपाली काङ्ग्रेस को तर्फ बाट वडा सभापति बल बहादुर राई, सचीव देविन्द्र कुरुम्बाङ्ग, जनता समाजवादी पार्टीको तर्फ बाट वडा अध्यक्ष केन्द्र बहादुर थुलुङ्ग, सचीव बधनसिङ राईले हस्ताक्षर गर्नु भएको थियो भने उक्त कार्यक्रम को संयोजन तथा सहजीकरण राष्ट्रिय जनमोर्चा का युवा नेता आशिस जबेगुले गर्नु भएको थियो। वडाको समस्याको बारेमा उठेका कयौं प्रश्नको उत्तर दिदै माङ्सेबुङ-०४ को वडाअध्यक्ष अमृत वहादुर राई ले ध्यानाकर्षण पत्र ले आफ्नो ध्यानाकर्षण भएको र उक्त समस्याहरु समाधान गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयो। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार