आवरण भित्रको मानव र अबको विकल्प

राजेन्द्र खनाल
विश्वव्यापी बनिरहेको कोरोनाले अहिले सिँगो मानव जगतको एउटा पुस्तालाई नै अनिश्चयको खाडलमा पु¥याएको छ । कोरोनाको आगमन पहिलाको मानव जीवन र दैनिक क्रियाकलाप अहिले भताभुङ्ग भएका छन् । दैनिक बढिरहेको संक्रमण रोकथामका लागि एउटा तह र तप्का लागिरहेको छ । अर्काे तप्का अनुसन्धानमा व्यस्त छ तर नतिजा आशाजनक छैन । अनि अर्काेतर्र्फ परिवार, समाज, राष्ट्रको सम्म अभिभारा बोकेको एउटा पुस्ता निराशाको भुमरीमा परेको छ । सरल जीवन र आनन्दमयी दैनिकी गुजारीरहेकाहरु पनि अहिले पिरोलीरहेका छन् । कोरोनाका कारण अहिले पुँजीपति वर्ग पनि सन्तुलित जीवन विताउन पाएका छैनन् । अनि सामान्य दैनिकी गुजारा गरिरहेकाहरुको रोटी खोसिएको छ ।

झट्ट हेर्दा आवरणमा ठिक तर वस्तविकता फरक, मानव जीवनको एउटा रुप । हिँजो एउटा सरल र गन्तव्यको निश्चित मोड सम्म पुग्ने अभिलासाका साथ बगिरहेको मानव जीवन यतिबेला लथालिङ्ग छ । 

त्यो पनि सुर र ताल बिनाको संगित जस्तै, कारण कोभिड १९ को माहामारी । असन्तुलित प्रकृति रमाएको छ तर त्यही प्रकृतिमा आश्रीत एउटा प्राणी छटपटीले बेचैन भएको छ, कारण कोरोना महामारी ।

अर्काे तर्फ मध्यम वर्गका व्यक्तिहरुको पनि जागिर गुमेको छ,श्वास फेर्नै मुस्किल हुनेगरी व्यायभारले थिचेको छ,कतिका कम्पनी डुबेका छन्, कतिका दैनिकी प्रभावित भएका छन् । खासमा अहिले विश्वव्यपि आई परेको यो संकटले नेपालका २५ देखि ५० वर्ष बिचको उमेर समुहका नागरिकहरुलाई गौण रुपमा तर गम्भिर असर पारेको छ । उमेरले ५० काटेकाहरुको अब पारिवारीक दायित्वबोध विस्तारै कम हुदै गएको छ भने पारिवारीक देखि सामाजिक दायीत्व २५–५० उमेर समुका व्यक्तिमा बढि छ । हिजोँ सामान्य तर सरल जीवनको उद्धेश्य बनाउँदै आफ्नो दैनिकी सम्हालेका यो उमेरका मानिसहरुको आज दैनिकी नै लथालिङ छ । भर्खरै सुरु गर्न लागेको काम आज हिलोमै फुल्ने हिलाम्य कमलको फुल जस्तै बनेको छ । अझ हामीले युवा भन्नेहरुको समुह अहिले बढि प्रताडि छ । बाहिरी आवरणमा जस्तो मनव रुप देखिएको भए पनि आवरण भित्रको मान्छै सायद अहिले विश्वमै सबैभन्दा बढि पिरोलिरहेको प्राणी हो । बाहिरी आवरणमा रुप राम्रो देखिए पनि भित्र आगेले जलिरहेको फुसको छानो जस्तै बनिरहेको छ ।

कोरोनाको महामारी कहिले सकिन्छ वा सकिएला भन्ने कुनै अनुमान छैन । यसैका बिचमा व्यापार–व्यावसायमा लागेका वा लाग्दै गरेकाहरु, जागिरको प्रबन्ध मिलाउँदै गरेका वा गरिरहेकाहरु, कठोर परिश्रमका साथ अध्ययन गरिरहेकाहरु, आत्मनिर्भर जीवनको सुरुवातको अध्ययन र योजना बनाईरहेकाहरु,वैदेशिक रोजगारीका लागि हिड्न लागेकाहरु वा वैदेशिक रोजगारीबाट फर्किन लागेकाहरु सबै वर्ग, समुदाय, र क्षेत्रका व्यक्तिहरुको दैनिकी, योजना, र उद्धेश्यहरु विफल भएका छन् । अझ यसो भनौ अहिले सिँगो मानव जगत विसम परिस्थितिमा फँसिरहेका बेला सिँगो प्रकृति मात्रै एक्लै मुस्कुराईरहेको छ । सोधकर्ता र अनुसन्धानदाताहरुले यहीबेला अनुसन्धान गरे भने पनि प्रमाणित हुने छ की अहिले २५ देखि ५० वर्ष भित्रको उमेर समुहका मानिसको प्रगति करिब एक दशक अब पछाडि धकेलिने छ । अनि २५ वर्ष मुनिको उमेर समुहका नागरिकहरुको भविष्य अन्यौलामा रुमलिएको छ । मानिस मानिस बिचमो समिप्यता भङ्ग भएको छ भने सामाजिक दुरी कायम भएको छ । हावाको कुन चाँही बेगले कतिबेला नराम्रो स्पर्श गर्छ भन्ने एउटै भय छ ।

सुन्दा अचम्म र गा¥हो लाग्ने तर हरेक मान्छेको जीवनमा निरन्तर आइरहने अप्ठ्यरो नै समस्या हो । केवल यो मान्छेको जीवनमा मात्र आउने गर्दैन । परिवार, समाज तथा देशसंग पनि समस्याहरु हुन्छन् । आज तिनै समस्या भोगिरहेकाहरु विकल्पको खोजि पनि गरिरहेका छन् तर विकल्पा पहिल्याउन भने सकिरहेका छैनन् । विसम परिस्थितिका बिचमा जीवन र दैनिकी संचालनको डोरी भेट्टाउन मुस्किल परिरहेको छ । जस्तै धार्मिक, सामाजिक, आर्थिक, जातीय विभेद, र बर्गीय असमानता एकातर्फ कायमै छ । अनि अर्काेतर्फ माहामारीको रुप लिएर आएको यो समस्याले पनि कहि न कहि समुदायमा विभेदको रुप धारण गरिसकेको छ । जसले सिंगो मानव जीवन र समुदायको विकास पनि अब कैँयाँै वर्ष पछाडि पुगेको छ । अझ नेपाल जस्तो आर्थिक अवस्थाले कमजोर मुलुक र यही देशमा ठूलो सपना बोकेकाहरुको जीवन पनि माकुराको जालोमा फँसिरहेको किरा जस्तै भएको छ । अर्कोतर्फ एसियाली मुलुकहरु नेपाल, भारत, चीन् बंगलादेश, भुटान, पाकिस्तान, बर्मा, अफगानिस्तान र श्रीलंकामा पनि समस्या बग्रेल्ती छन् । ति समस्याहरु कुनै साझा छन् भने कुनै देशको भूगोल र राजनैतिक व्यवस्थाले उत्पन्न गरेको पृथक खालका समस्याहरु छन् ।

नेपालमा पनि आईपर्ने यी र यस्ता खाले समस्याहरु कुनै व्यक्ति र समुदायका मात्रै नभई समग्र राष्ट्रका साझा समस्या हुन । यी समस्या समाधानका लागि सिँगो राष्ट्रको दायित्व बन्छ । मानव जातीकै कारण उब्जिीएको महामारीले सिँगो विश्व जगतका मानवलाई भयवित बनाईरहेको अवस्थामा अबको विकल्पा धैर्यता, सहनशिलता र सरल जीवन यापनको विकल्प छैन । हिजोको तडकभडक र तछाडमछाडको स्थितिले अझ गहिरो खाडलमा पु¥याउने निश्चित छ ।

अबका हरेक दिनचर्यालाई सरल र सहज बनाउने कोशिस गर्नुनै उत्तम रहला अनि प्रकृतिसँग पैठेजोरी खेल्न खोजियो भने त्यसको परिणाम कस्तो हुँदो रहेछ भन्ने हेक्का विश्व मानव जगतले यसपटक राम्रो सँग अनुभव बटुल्ने अवसर पाएका छन् । विग्रदो जीवन शैली र दैनिकीलाई सपार्न अबको दिनलाई वैकल्पिक योजनामा लैजानु नै हिजोका अधुरा योजनालाई सकार पार्ने अवसर र मार्ग बन्ने छ । जीवनशैली बदल्नुको अव विकल्प छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार