प्रदेश खारेज गरी प्रदेशहरुको खर्च प्रकोप व्यस्थापनमा लगाउनु पर्छ ः राजमो

डी. आर. बन्जाडे
भदौ ८, बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीले प्रदेशहरु खारेज गरी त्यसको खर्च कोभिड १९ को प्रकोप व्यवस्थापनामा लगाउनु पर्ने बताएको छ ।
रुपन्देहीका अध्यक्ष बद्रे आलमले सोमवार एक विज्ञप्ती जारी गर्दै कोभिड १९ नियन्त्रणमा भूमिकाविहिन देखिएको प्रदेश सरकार खारेज गर्नुको विकल्प नरहेको दावी गरेका छन् । ‘शुन्य भूमिकामा रहेको प्रदेश सरकार खारेज गरी प्रदेश सरकारमा हुने फजुल खर्च कोभिडको महामारीको मारमा परेका जनताको जीवनस्तर उठान प्रयोग गर्न माग गर्दछ ।’–विज्ञप्तीमा भनिएको छ ।
तिव्र रुपमा फैलिँदै जाँदा सरकार गंभिर नदेखिएको भन्दै अध्यक्ष आलमले सरकार जनता प्रति उत्तरदायी हुन नसकेको भन्दै सचेत गराएका छन् । विज्ञप्तीमा सरकारले विदेशबाट रोजगार गुमाएर स्वदेश फर्कन चाहाने नेपालीहरुलाई समयमा ल्याउन नसकेको उल्लेख गरिएको छ । ‘विदेशमा अझै पनि ठूलो सँख्यामा नेपालीहरु नेपाल फर्कन चाहेका छन् तर सरकारका कतिपय गैरजिम्मेवारपूर्ण निर्णयका कारण नेपाली विदेशी भूमिमै अलपत्र परेको छन् । त्यस्तो निर्णय फिर्ता लिई नेपालीहरुलाई मापदण्ड पुरागरी सुरक्षित रुपमा नेपाल ल्याउनु पर्छ ।’ विज्ञप्तीमा भनिएको छ ।
सरकारले लकडाउनलाई मात्र कोरोना नियन्त्रणको उपायका रुपमा लिएको भन्दै चेन ब्रेक गरे पनि समस्या समाधान गर्न नसक्ने अध्यक्ष आलमको दावी छ ।
जिल्ला तथा प्रदेशहरुमा रहेका अस्पतालहरुको अवस्था दयानीय रहेको भन्दै त्यसको गुणत्मक विकासका लागि जनमोर्चाले माग गरेको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार