
सुवास पाण्डे
भाद्र ०९ सुपादेउराली अनलाइन । ईस्मा गाउँपालिकामा कार्यरत सुचना प्रविधि अधिकृत बाबुलाल थापाले अाफ्नाे जन्मदिनको अवसरमा अाफुले कार्यरत गाउँपालिकामै २० थान काेभिड १९ परीक्षणमा प्रयाेग हुने भि.टि.एम सहयोग गर्नु भएको छ।
सामाजिक क्षेत्रमा रुचि राख्ने थापाले जन्मदिनको अवसरमा गरिने खर्चलाई कटाैती गरि गाउँपालिकालाई २० थान काेराेना परीक्षण गर्ने भिटिएम कीट उपलब्ध गराउनु भएकाे हाे। यतिबेला सिङ्गो देश नै काेराेना सङ्ग जुधिरहेकाे बेलामा भिटिएम उपलब्ध गराउने साेच बनाई ईस्मा गाउँपालिकाका प्रशासकीय अधिकृत नारायण महत, गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट, उपाध्यक्ष बिमला खत्रीकाे उपस्थितिमा भिटिएम उपलब्ध गराउनु भएको हाे। यस्तो उदाहरणीय कार्य गरेकाे भन्दै गाउँपालिका परिवारले सुचना अधिकृत थापालाई धन्यवाद ज्ञापन गरेकाे छ।