अर्घाखाँची जिल्लाकै नमुना वडा सदस्य,जो दिनरात नभनी अनवरत रुपमा जनताको सेवामा खटिएका हुन्छन

कमला थापा ,
सुपादेउराली अनलाइन अर्घाखाँची – अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० का जनप्रतिनिधि (वडा सदस्य )भेषराज क्षेत्रि जिल्लाकै नमुना वडा सदस्यको रुपमा चिनिन्छन। 

क्षेत्रि जनप्रतिनिधि मात्र नभएर एक सफल युवा व्यवसायी र समाजसेवी पनि हुन्। कोभिड १९ अर्थात निद्रिष्ट कोरोना भाइरसले बिश्वनै आक्रान्त पारेको समयमा उनले कोरोनाको कुनै प्रवाह नगरी अनवरत रुपमा दिनरात नभनी जनताको सेवामा खटिने गर्दछन। उनले वडावासीको चिन्ता व्यक्त गर्दै आफ्नै ब्याक्तिगत लगानीमा सन्धिखर्क १० का बिभिन्न गाउँका घर -घरमा पुगी कोरोना बाट बच्नको लागी स्वास्थ्य सामाग्री स्यानिटाइजर ,मास्क साबुन वितरण गरेका थिए।

कोरोना भाइरसका कारण नेपाल सरकारले लगाएको लामो लकडाउनको समयमा छिमेकी देश भारत र नेपालका बिभिन्न अन्य क्षेत्र बाट अर्घाखाँचीमा भित्रीने आफ्ना वडा वासी र अन्य पालिकावासीलाइ उद्वारका लागि दिनरात नभनी आफ्नै गाडीमा राखी क्वारेन्टाइन सम्म पुर्याउने कार्य गर्ने गरेको भारत बाट फर्किदा अलपत्र परेका युवाहरुले बताउने गर्दछन। दु:खको समयमा क्षेत्रिले आफुहरुलाइ पुर्याएको अतुलनिय सहयोग प्रति उनको खुलेरै प्रसंसा गर्ने गर्दछन,भन्छन वडा सदस्य हुनु त् भेषराज क्षेत्रि जस्तै निस्वार्थ र सहयोगी मनका धनि हुनु। क्षेत्रि सदैव भन्ने गर्छन जनताको सेवा गर्न पाउँदा कोरोनाको पनि कुनै डर लाग्दो रहिन्छ। उनले गरेका कार्य प्रति सनपा – १० का वडावासी अत्यन्तै प्रफुलित रहेको बुझिएको छ।

लकडाउनका कारण यातायातको सुबिधा बाट अलपत्र परेका जिल्लावासीलाइ अर्घाखाँची भित्र्याउन र जिल्लाका बिभिन्न क्वारेन्टाइनमा आरामदायीका साथ पुर्याउनको लागि आफु संग रहेको डबल क्याब र हाइस गाडी नि:शुल्क जनताको सेवामा प्रयोगमा ल्याएका थिए ,लकडाउनमा मात्र हैन जिल्लावासी जनताहरुलाई आवश्यक परेको खण्डमा र यातायातको कारण बीच बाटोमै सुत्ने अवस्था आएमा जुनसुकै समयमा पनि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्वता गरेका छन् ।

सहयोगी मनका धनि वडा सदस्य भेषराज क्षेत्रिले लकडाउनका कारण दैनिकी ज्याला मजदुरी गरेर छाक टार्ने मजदुरहरु र अति बिपन्न घरपरिवारमा निभेको चुलोलाइ आफु सक्दो आर्थिक सहयोग गर्दै खाधान्न समेत उपलब्ध गराएर चुलो बालिदिने र गरिबहरुको भोको पेट भरिदिने सहरानिय कार्य गरेका थिए र अहिलेको समयमा पनि उनले सोहि कार्य गर्दै आइरहेका छन् साथै अर्घाखाँची बन्दको समयमा अति बिपन्न परिवारमा खाधान्नको कमीले छाक रोकिएमा आफुलाई सम्पर्क गर्न आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार