सन्धिखर्क नगरपालिका भित्र अनियमितता हुन दिन्न नगरप्रमुख भुसाल

सुपादेउराली अनलाइन अर्घाखाँची । सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले नगरपालिका भित्र अाफुले अनियमितता हुन नदिने बताउनु भएको छ ।                   उहाले अाफुले अनियमितता नगर्ने र अरुलाई पनि अनियमितता गर्न नदिने बताउदै कहि कतै त्यस्ता कुरा गर्न खोजेको जानकारी प्राप्त गरे तत्काल अाफुलाई जानकारी गराउन अाग्रह गर्दै स्थानिय ठाउहरुमा भएको बिकास निर्माण को कामहरुको अनुगमन स्थानिय जन्ता हरुले पनि गर्नु पर्ने बताउनु भयो । नगरप्रमुख भुसाल सहितका जनप्रतिनिधि हरु निर्वाचित बनेर नगरपालिका मा अाएपछि सयौं नया बिकासका कामहरु सम्पन्न भएका छन भने सयौं कामहरु निरन्तर भईरहेका छन । सन्धिखर्क नगरपालिका अर्घाखाँची को नमुना नगरपालिका हो नगरपालिका भित्र शान्तिबगैचा अाधुनिकरण नरपानिमा रहेको गङगा सरोबरमा डुङगा सन्चालन सिटि टाबर निर्माण बगैचाहरु को सरक्षण प्रबर्द्धन ठाउठामा खेल मैदान सदरमुकाम मा खानेपानीको समस्या समधान गर्न नौलापानि खानेपानी अायोजना सम्पन्न मठमन्दिर निर्माण पर्यटकीय स्थानको पहिचान सडक निर्माण बिभिन्न खालका उधमसिल तालिम हरु सम्पन्न गरेको र अझै थप नया दर्जनौं योजनाहरु अगाडि बढिरहेको बताउदै बिकासमा राजनीतिक पुर्वअाग्रह खिचातानि नर्गन अाग्रह गर्नु भयो । सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ मा भईरहेको बिकास निर्माण कामहरु को अनुगमन पछि स्थानियहरुसग भएको भेटघाटमा भुसालले भष्टचारको अन्त्य हराभरा नगरपालिका सुन्दर नगरपालिका बनाउने अभियानमा अाफुहरु लागेकाले सहयोग गर्न अाग्रह गर्नुभयो । अनुगमन मा प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटा वार्ड अध्यक्ष लिलाराम गौचन स्थानीय जनप्रतिनिधि हरु स्थानिय बासि प्राबिधिक हरुको सहभागी ता रहेको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार