अर्घाखाँची ढाकावाङ्गका थालेसिमिया रोगबाट ग्रसित अनुज खनाललाई आर्थिक सहयोग हस्तान्तरण

भाद्र १० सुपादेउराली अनलाइन अर्घाखाँची । अर्घाखाँची जिल्ला को भुमिका स्थान नगरपालिका वार्ड नम्बर २ ढाकाबाङ निबासि बर्ष ३ का अनुज खनाल लाई अर्घाखाँची अस्ट्रेलिया सेवा समाज का अध्यक्ष नारायण प्रसाद खनाल को पहलमा उठेको २५ हजार रकम , मालारानि ९ गोखुङ्गा हाल कतारमा कार्यरत समाजसेवी कुमार खनालले १० हजार , निर्माण ब्यबसाहि सघका उपाध्यक्ष समाजसेवी राजनितीक कर्मि युवा ब्यबसाहि कबिराम खनालले १५ हजार गरि ५० हजार रकम बच्चा को फुपु बिस्नु माया भुसाल लाई हस्तान्तरण गरिएको छ ।  फुपु बिस्नु माया भुसाल को खाता बाट एकद्वार प्रणाली अन्तरगत अौषधि उपचार खर्च चलिरहेकोले सो रकम उहालाई हस्तान्तरण गरिएको हो । ३ बर्षिय बालक थालेसिमिया रोगबाट ग्रसित भई अाजिबन अौषधि सेवन गर्नु पर्ने र घरको अार्थिक अबस्था कम्जोर भएको ले उनलाई अौषधि ईन्जेक्सन लगाउन का लागि मासिक १0 हजार खर्च हुने हुदा अाफुहरुले सहयोग गरेको र सबै सहयोगी मन हरुलाई सहयोग गर्न अाग्रह गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार