राष्ट्रिय जनमोर्चा माङ्सेबुङ-४ को प्रशिक्षण तथा अवलोकन भ्रमण सम्पन्न

आशिष् जवेगु
भाद्र १६ सुपादेउराली अनलाइन । राष्ट्रिय जनमोर्चा माङ्सेबुङ-४ ले प्रशिक्षण एवम अवलोकन भ्रमण सम्पन्न गरेको छ।        माङ्सेबुङ -४ र चुलाचुलीको सिमा क्षेत्रमा अवस्थित “अन्धाराजा दरबार” पर्यटकीय क्षेत्रमा अवलोकन भ्रमण साथै प्रशिक्षण सम्पन्न भएको हो। उक्त प्रशिक्षण भेलाको अध्यक्षता वडा संयोजक क. उदय सुब्बाले गर्नु भएको थियो। भेलाको संचालन वडा सह संयोजक क. बुद्धरानी योङहाङ्गले गर्नु भएको थियोे। प्रशिक्षण अखिल छैठौं का केन्द्रिय सदस्य तथा इलाम जिल्ला अध्यक्ष क. बबिन राईले दिनु भएको थियो। उक्त अवलोकन भ्रमण र प्रशिक्षण भेलाको सहजीकरण युवक संघको केन्द्रिय सदस्य क. आशिस जबेगुले गर्नु भएको थियो। कार्यक्रममा माङ्सेबुङ -४ को विभिन्न गाउँ बाट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार