मेची महाकाली बुहारी संयुक्त आवाजको पहिलो बार्षिकउत्सवको अवसरमा बालवालिकालाई सहयोग र वृक्षरोपण

श्याम पोख्रेल
भाद्र १९ सुपादेउराली अनलाइन । मेची महाकाली बुहारी संयुक्त आवाजको पहिलो बार्षिकउत्सव र मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष यमु शर्माको जन्म दिनको अवसरमा विपन्न तथा दृष्टी बिहिन वालवालिकालाई सहयोग गरिनुका साथै वृक्ष रोपण गरिएको छ ।    रुपन्देहीको सैनामैना नगरपालिकास्थित सैनामैना प्रभाव परमेश्वर माध्यामिक विद्यालयमा पढ्ने चारजना बालवालिकालाई सहयोग गरिएको हो । आमा गुमाएका, दृष्टी बिहीन तथा बिपन्न वर्गका बालवालिकालाई आर्थिकल लगाउने कपडा र शैक्षिक सामाग्री सहयोग गरिएको कार्यक्रम संयोजक अमृता राना जीसीले जानकारी गराउनुभयो । करिव १७ हजारको लगाउने कपडा र उपभोग्य वस्तु दिइएको हो । सोही कार्यक्रममा बोल्दै सैनामैना प्रभाव परमेश्वर माध्यामिक विद्यालयका प्रध्यानध्यापक नेत्रलाल पुरीले आर्थिक र भौतिक सहयोगले बिपन्न बिद्यार्थीलाई गरिएको सहयोगले बालवालिकाको मनोवल बढाएको बताउनुभयो । लता खड्काको अध्यक्षता र कल्पना गौडेलको सञ्चालनमा भएको कार्यक्रममा कानुनी सल्लाहाकार सीमा वन, सल्लाहाकार कृति वेलवासे लगायले आमा गुमाएका टुहुरा, दृष्टी बिहीन र गरिव तथा बिपन्न वर्गका लागि बालवालिकालाई सहयोग गरी मानवीय धर्म भएको भन्दै सहयोगका लागि आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार