
सञ्जाल शर्मा
भाद्र २१ सुपादेउराली अनलाइन बागलुङ । रास्ट्रीय जनमोर्चा बागलुङले ढाेरपाटनको वोवाङमा विपत्तको समाना गरेका पीडितलाई राहत बितरण गरेको छ। ढोरपाटन ९,८,७,५ का भाद्र १७ गते रातीको भीषण पहिरोले बाढीको रुप लिदा पुराएको धनजन को क्षेती मा रास्ट्रीय जनमोर्चा बागलुङ का अध्यक्ष क. अमरबहादुर थापा को नेतृत्वमा जनमोर्चा जिल्ला सचीव भिमलाल पोखरेल, युवक संघका पुर्ब अध्यक्ष तिलक थापा, युवक संघका कोषाध्यक्ष भिमसेन बन लगाएत सोही स्थानमा पुगेर राहत बितरण गरेको छ । मृतकका परिवारलाई रु.५००० पाँच हजार र बिस्थापित परिवारलाई रु.२००० अक्षरुपि दुई हजारका दरले बितरण गरेको छ । बिस्थापित ९६ परिवार , र मृतक २१ परिवार छन । मृत्यु भएका १४ जना को सनाखत भएको छ । अझैसम्म २२ जना बेपत्ता को खोजी कार्य जारी छ।