माधव खनाल
भाद्र २१ सुपादेउराली अनलाइन अर्घाखाँची। अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा न १ कुसुम्मारे निवासि नेपाल कम्युनिस्ट पार्टी नेकपाका पुराना नेता तथा सामाजिक ब्याक्तित्व मोहन खनालको शनिबार राति ६५ वर्षको उमेरमा निधन भएको छ। उनको आफ्नै निवासमा निधन भएको हो।
सानै उमेरदेखी कम्युनिस्ट पार्टीमा रहँदै आएका खनाल हाल नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान नगरपालिका वडा न १ का सस्थापकको रुपमा चिनिन्थे। केही समय अघिदेखि मृगौलाको रोगबाट ग्रसित खनालको निधनले गर्दा नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान नगरपालिका वडा न १ वडा कमिटी स्तब्ध भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाका वडा अध्यक्ष बाबुराम खनालले बताए ।
खनालको आज स्थानीय घाटमा अन्तेष्टी गरिएको छ अन्तेष्टी गरिनु पहिले नेपाल कम्युनिस्ट पार्टी नेकपा का जिल्ला सदस्य द्वय रुद्र खनाल र सुवासचन्द्र बन्जाडेले उहाँको पार्थिक सरिरमा पार्टीको झण्डा ओढाइ श्रद्धाञ्जली दिएका थिए। श्रद्धाञ्जली कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला सदस्यहरु रुद्र खनाल सुवासचन्द्र बन्जाडे लगायतले शोक मन्तव्य राख्दै खनालको निधनले गर्दा नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान नगरपालिकाले एक कुसल अभिभावक गुमाएकोमा दुखित भएको बताए। यस्तै श्रद्धाञ्जली कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान वडा न २ का वडा अध्यक्ष रामबहादुर बस्नेत नगरकमिटि सदस्यहरु श्याम चुदाली चेतन खनाल बिष्णु खनाल कमल भट्टराई राष्ट्रिय जनमोर्चाका प्रतिनिधि खुविराम खनाल लगायतको उपस्थिति रहेको थियो ।
श्रद्धाञ्जली कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी नेकपाका वडा न १ का वडा अध्यक्ष बाबुराम खनालको सन्चालनमा सम्पन्न भएको थियो । स्वर्गीय खनालाका श्रीमति दुई छोरा तीन छोरी तीन ज्वाइँ एक बुहारी र नातिनातिना छन्।