
‘सोमनाथ खनाल’
भारत बाट मजबुरी गरेर आएका मेरो छिमेकी तिन जनामा पिसिआर गर्दा कोरोना पोजेटिभ देखियो र उनीहरुलाई कोभिड-१९ रोगी भनेर घोषणा गरियो। उनीहरुलाई धेरै आफन्तीले त फेसबुकबाट शिघ्रश्वास्थ्य लाभको कामना गर्दै स्टाटस पनि लेखन भ्याय। उनीहरुमा तेस्तो केहि लक्षण थिएन र पनि उनीहरुलाइ आइसोलेट गरियो। उनीहरुलाइ निकै टाढा बाट हेर्न दिएको थियो। लाग्थ्यो उनीहरु चिडियाघरमा बसेका फरक फरक प्रकारका जनावर हुन। उनीहरुलाई हेर्न टिकट काट्नु पर्छ। भौतिकदुरी कायम गर्दै मज्जा लिनु पर्छ। यसरि दुइ महिना क्वारेन्टाइन र आइसोलेसन हुदा उनीहरुमा एक प्रकारको मनोरोग स्पष्ट देखिन्थ्यो यस्ता मनोरोगी अहिले धेरै भएका छन। अहिले विश्वभर कोरोनाभाइरस संक्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ । विश्वका अधिकांश देशमा मान्छेका गतिविधि अत्यावश्यक काममा मात्र सिमित भएका छन । अर्थात यो भाइरस फैलिन नपाओस भनेर अबलम्बन गरिएको उपायस्वरुप अधिकांस मानिस घर भित्रै सिमित भएका छन।
यो लेखमा कोरोना भाइरस के हो ? यो कसरि सर्छ ? कसलाई संक्रमणको जोखिम छ ? यसको संक्रमण पछी मृत्युको सम्भावना के कति छ ? र यस बाट जोगिन के गर्न सकिन्छ ? जस्ता प्रश्नको चिरफार गर्न भन्दा पनि यो वास्तविकतामा कस्तो अवस्थालाइ माहामारी अवस्था भन्ने? कोभीड-१९ माहामारीनै हो कि एउटा मामुली रोग हो। जसलाई भ्रमिलो कु प्रचार बाट संसारलाइ बन्धक कारखाना बनाएर स्वार्थ लुट्ने ठुलो मास्टर पलाना हो। अनि मानिसलाइ घरभित्रै सिमित पार्नु नै रोकथामको उपाय हो ? भन्ने विषयमा केहि तथ्य र प्रमाण सहित यो लेख बाट प्रष्ट पार्न खोजिएको छ
तिनवटा कारण छन् जसलाई म रोग बाट निम्तिएको माहामारी भन्छु । पहिलो रोग बाट छोटो समयमा धेरैको मृत्यु हुने अवस्था, दोश्रो संख्यात्मक भन्दा पनि गुणात्मक संक्रमण दर व्यापक हुनु पर्यो र तेश्रो त्यो रोगको उपचार पद्दतिनै नभएको अवस्था हुनु पर्यो । अब विश्व स्वास्थ्य सङ्गठन (who) कै आकडामा जाउ। यो लेख तयार पार्दा सम्म विश्वमा दुइ करोड सत्तरी लाख मानिसलाइ संक्रमण भएको भनिएको छ । त्यस मध्ये लगभग दुइ करोड मानिसलाई निको भएर घर फर्किएका छन । बाकि संक्रमित मध्ये सत्तरी लाखलाइ कुनै लक्षणनै नभएको र बाकि एक प्रतिशत अर्थात सत्तरीहजार चै सिरियस अवस्था रहेको तथ्यांक छ । अब भन्नुस लगभग पौने दुइकरोड मानिसलाइ कुन औषधि, सुइ (भ्याक्सिन) वा पद्दतिले निको भए त ?
वास्तावमा कोरोनाको लक्षण के हो भन्ने पनि ठ्याक्कै यकिन छैन वा धेरै अध्यन र अनुसन्धान पनि हुन सकेको छैन । किनकि ज्वरो, रुघाखोकी, श्वासप्रश्वासमा समस्या र कमजोरी पनलाइ यसका मुख्य लक्षणहरु भनिएको छ । यस बाट बच्न सामाजिकदुरी, भौतिकदुरी, माक्स र सेनिटाईजराको प्रयोग भनिएको छ । अब भन्नुस के यस भन्दा अगाडी कसैलाई ज्वारो आउदैन्थ्यो हो ? ज्वरो आउदा रुघाखोकीले सताउछ । रुघाखोकी लाग्दा कमजोरीपन ल्याउछ । अधिक रुघाखोकी लाग्दा श्वासप्रश्वासमा समस्या हुन्छ। यो त हामीले भोग्दै आएकै हो नि । अब भन्नुस के हुन यसका वास्तविक लक्षणहरु ?
वार्डमिटरको आकडा हेर्दा आज सम्म कोरोना बाट मृत्य हुनेको संख्या लगभग नौ लाख भनिएको छ । अर्को आकडा हेरौ विश्वमा हरेक वर्ष साढे पाच करोड मानिसको मृत्य हुन्छ। गएको वर्ष मात्र विश्वमा पाचकरोड पचहत्तर लाख मानिसले प्राणत्याग गरेका थिए । जसमध्ये झाडापखाला बाट मात्र साढे पन्ध्रलाख, क्यान्सर बाट पन्चानब्बे लाख र श्वासप्रश्वास बाट मोत्रै तेह्रलाखले मृत्युवरण गरेका थिए । यो कोभिड-१९ आइसकेपछी पनि लगभग विश्वबाट पौने चार करोडको मृत्यु भैसकेको छ। अब प्रश्न आउछ साढे पन्ध्रलाख झाडापखाला र त्यतिकै संख्यामा टीबीले मान्छे मरिरहदा लकडाउन गर्ने कि नगर्ने त ? मलाइ लाग्छ यो वर्ष कुनै रोगले बढी मर्छ भने त्यो मनोरोग र आत्महत्या हुनेछ। यसको जिम्मा कसले लिने भन्ने प्रश्न त आउला नि। स्वयम पिसिआर टेष्टको आविष्कार गर्ने क्यारिमुलिसल जो नोबेल पुरस्कार बिजेता पनि हुन। उनले यो मेसिन अनुसंधानको लागि मात्र ठिक छ भनेका थिए। एलोपेथिक मेडिकल साइन्सका डाक्टरले नै यसको विश्वसनीयता ६५ देखि ७० प्रतिशत मात्र हुन्छ भनेको छन। भने स्वाब गर्दै लक्षणबिनाको मान्छेलाइ रोगी घोषणा गर्ने हाम्रो सरकार र यसका संयन्त्रलाइ कसले दियो अधिकार ?
अब कोरोना बाट मृत्यु भएका भनिएका लगभग नौलाख मानिस मध्ये एउटा तथ्यांकले के बताउछ भने ति मध्ये २५ प्रतिशतलाइ एउटा अर्को रोग थियो, फेरी २५ प्रतिशतलाइ नै क्यान्सर र किड्नी जस्ता अर्को दुईवटा रोग थिए र ४८.५ प्रतिशत अर्को तीनवटा रोगहरु थिए अब बाकि प्रतिशत १.५ लाइ कुनै केहि रोग नभई मृत्य भएको देखाउछ । अर्को तपाइलाई म अचम्मको तथ्यांक के पनि छ भने विश्वमा यो माहामारी बाट १० देखि १५ करोड मानिसको मृत्यु हुन्छ भनि ज्योतिषरूपी भविष्यवाण गरेर लगभग एक वर्ष लाकडाउन गरेको संसारमा सन २०२० मा विश्वमा मृत्यु हुने संख्या अघिल्ला वर्षको तुलनामा लगभग चालिसलाख कम हुने आकलन गरिएको छ । त्यसैगरी यो भाइरसको माहामारीले निकै हानी गरेको भनिएका इटाली, अमेरिका, ब्राजिल रसिया र भारत जस्ता देशमा पछिल्लो वर्षकोको तुलनामा अहिलेको मृत्युदरको तथ्यांक र उनीहरुका आर्यघाटका आकडा हेर्ने हो भने बरु उल्टै मृत्यदर घटेको देखिन्छ । अब भन्नुस अझै पनि यसलाई हामी माहामारी हो भन्दै घरमा बसेर मानसिक रुपमा थाप कमजोर बनाउने कि वास्तबिकको खोजी गर्ने ? अनि केहि महिनामा विश्व स्वास्थ्य सङ्गठनले नया अनुसन्धानले कोरोना भाइरस त हावा बाट पनि सर्छ। भन्दियो भने यो सामाजिक दुरि, भौतिक दुरी र कथित लकडाउन जस्ता नाटकको को जिम्मेवारी कसले लिने ? यसबाट पाएको दुखकष्ट र क्षेतिपूर्ति कसले दिने ? यावत प्रश्न छन जसको उत्तरनै छैन ।
त्यसो भए यो सब के हो त भन्ने प्रश्न पनि आउला यसको जाबाफ सजिलो छ । त्यो भनेको विश्वको भूमण्डलीय राजनैतिक प्रतिस्पर्धा, राष्ट्रवादको फेरो समाएर आएका मुर्ख नेतृत्व र संगठित मेडीकल क्षेत्रका माफिया,दलाल र पुजीपति संग विश्व स्वास्थ्य संगठन (who) को मिलेमतोमा संसारका सबै मानवजाती र उत्पादित करोडौं डाक्टर,चिकित्सक वैज्ञनिकहरुलाइ यसरि मुर्ख बनाउन पनि त सक्दो रहेछन भन्ने गम्भीर प्रश्न चै हो यो। संगठित मेडीकल माफियाहरुको मिलेमतोमा औषधि, भ्याक्सिन, पीपीए, भेन्टिलेटर र स्यानिटाइजरका व्यापारीले संसारका झन्डै ९० प्रतिशत रहेका गरिब तथा मध्यम वर्गका मानवजातिलाई मनोरोगी तथा झनै गरिब बनाउने। अन्य सानो व्यापारीलाइ सडकमा पुर्याउने। ठुलो मास्टर पलानबाट संसारमा आफ्नो व्यापारिक अधिपत्य जमाउने यसको मुख्य उदेश्य हो। भनेर बुझ्न खासै कठिनाइ छैन । यसलाई हामीले मेडीकल आतंकवाद पनि भन्न सक्छौ।
संसारमा संगठित मेडिकल चलाउने मुख्य व्यक्ति कोहि हो भने त्यो बिल गेटस हुन। विश्व स्वास्थ्य संगठन (who) लाइ अमेरिका पछी सबै भन्दा बढी फउण्ड सहयोगीदाता पनि बिल गेटसनै हुन । हाल अमेरिका बाहिरिएको छ भने चीनले सबै भन्दा ठुलो सहयोगी दाताको रुपमा दर्जा भएको छ। यहि कोभिड-१९ कै अबधिमा संसारकै धनि अमेजन कम्पनीको मालिकको मात्र लगभग ६५ अर्ब डलरले सम्पत्ति बढीको छ । अन्य धनाढ्यहरुको पनि त्यस्तै अवस्था छ। यो बाट पनि बुझ्न सकिन्छ कि यिनीहरुले आफ्नो सम्पति बढाउन के चै गर्न नसक्लान ? बिगत एक शताब्दी देखि एलोपेथिक मेडिकल साइन्स मुलत व्यापारि र माफियाको कब्जामा छ । यो पूर्णतया नाफामुखी व्यापारिक प्रतिष्पर्धामा रुपान्तरण भएको छ। यसको नतिजा अहिले हामीले भोगेका छौ । यो त सत्य हो नि।
“रोग र रोगी” भनेको त “शारीरको रोग प्रतिरोध क्षामता घटी आफ्नो दैनिक क्रियाकलाप गर्नमा आफ्नो भौतिक शारीरबाट असमर्थ्य हुने अवस्था हो”। अब भन्नुस अपवाद बाहेक यो परिभाषा संग कोभिड-१९ मिल्छ त ? कतिपय डाक्टर बिज्ञले लकडाउन नगरेमा यति हजार मर्ने घोषणा गरिदिन्छ्न । किनकि उनीहरुलाई अहिले तीनगुणा सम्म तलब र भत्ता आएको छ। उता बेसार बोक्दा मान्छेको नजर लाग्दैन भने कोभिड-१९ को त लाग्ने कुरै भएन। जस्ता कु तर्क देशको सर्वोच्च कार्यकारी कुर्सीमा आसिन प्रधानमन्त्रिले गरिदिन्छ्न। त्यसो हो भने यो पेटपापी लकडाउन, सामाजिक दुरी र भौतिक दुरी किन किन गर्या होला ? सबैको खल्तीमा बेसार बोक्यो हिड्यो टन्टै साफ । यो भन्दा हास्यास्पद कुरा अरु के हुन सक्ला ? यो बलियो भाइरस हैन भन्ने कुरा माथीका विभिन्न आकडा बाट नै पुष्टी हुन्छ। हाम्रो सरकार, प्रतिपक्ष र यिनका संयन्त्र र प्रतिनिधि नेता,कार्यकर्ता मुलत भ्रष्ट आडम्बरी कुम्भकर्ण हुन। यिनीहरु संग प्रशस्त धन सम्पति छ। यिनीहरुलाई चार, छ महिना लक्डाउन भएमा झनै भ्रष्ट श्रोतहरु प्राप्त हुनेछन। यो सब चक्रव्यूहमा पर्ने भनेकै गरिब, निमुखा श्रमजीवी,विधार्थी र मध्यमवर्ग हो। खुला मञ्च (रत्नपार्क) दिनमा सयौं मान्छेको एक छाक खानको लागी लाइन लागेको दृश्यलाइ सत्ताले कहिलै हेर्दैन र बुझ्दैन । अब भन्नुस अझै पनि हामी लकडाउन र निषेधज्ञ भदै बस्ने कि सामान्य जीवनमा फर्कने ? समयमै सोचौ पछी पछुताउने हाम्रो प्रवृतिको खारेज गरौ ।
(लेखक विधार्थी तथा लेक्चर हुन्)