ढोरपाटन सडक आयोजना बर्षातका कारण करोडौं को क्षति

सुर्य भुसाल
भाद्र २३ सुपादेउराली अनलाइन अर्घाखाँची । रुपन्देहीको सालझन्डि हुदै पाल्पा अर्घाखाँची गुल्मि प्युठान हुदै बाग्लुङ को ढोरपाटन जोडिएको सडकमा बर्षातका कारण करोडौं को क्षति भएको ढोरपाटन सडक अायोजनाका प्रमुख जयलाल मरासिनीले जानकारी दिनु भयो । 
बागलुङ को बुर्तिवाङ ढोरपाटन सडकको बोवाङ्ग मा पनि बर्षातका कारण धेरै ठुलो क्षति भएको योजना प्रमुख मरासिनिले बताउनु भयो । सो ठाउमा झन्डै ७ किलोमीटर सडक बर्षातले बगाउद सडक अहिले बगरमा परिणत भएको छ। सडक अायोजनाले गरेको प्रारम्भिक सर्बेक्षणमा ५० करोड भन्दा बढिको बाढिले सडक बगाउदा क्षेती भएको अनुमान गरिएको छ ।अहिले सालझन्डि सन्धिखर्क सडक योजना कार्यालय बाट २ वटा एक्साभेटर प्रयोग गरेर सामान्य टेयाक्टर जान सक्ने गरि सडक निर्माण गर्न लागिएको सडक अायोजनाका प्रमुख मरासिनी को भनाइ छ । 
सालझन्डि देखि सन्धिखर्क सम्म को सडक पनि अबिरल बर्षाका कारण धेरै ठाउमा क्षति पुगेको छ । क्षति गुगेका ठाउहरुमा योजना प्रमुख जयलाल मरासिनी सहित को इन्जिनियरहरु को टोलि पुगेर मर्मतको लागी नापजाँच गरेर फर्किएको र स्टमेट गरेर काम दुर्त गतिमा अगाडि बढाउने अायोजना प्रमुख मरासिनिले जानकारी दिनु भयो । यो बर्षको बर्षा ले सबै क्षेत्रमा पिडा दिए पनि यो सडकका विभिन्न ठाउमा पहिरो जादा अकल्पनीय क्षति हुन पुगेको हो । काम जिल्लामा राम्रो गर्नु पर्छ छिटोछरितो गुणस्तरीय काम गर्नु पर्छ भन्ने सोच भएका निकै अनुभवी कार्यलय प्रमुख जयलाल मरासिनि दिनरात फिल्डमा खटेर काम गरिरहेका छन ।बर्खाभरि सडक पहिरो अाएको ठाउमा सुचारु गराएपनि अहिले धेरै ठाउमा क्षति पुगेको कारण सडक निर्माण गर्न समय लाग्ने छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार