अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कालिका मानवज्ञान मा•बि बुटवलद्वारा कविता प्रतियोगिता सम्पन्न

भाद्र २३ सुपादेउराली अनलाइन बुटवल ।  अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कालिका मानवज्ञान माध्यमिक बिद्यालय बुटवले कोरोना र शिक्षा शिर्षकमा ८, ९, र १० कक्षाका बिद्यार्थीहरु बिच कविता प्रतियोगिता सम्पन्न गरेको छ। 

जुम एप्स बाट सञ्चालन गरिएको प्रतियोगितामा २३ जना सहभागी रहेको उक्त प्रतियोगिता मा ६५० जना भन्दा बढि अन्य (दर्शक ) बिद्यार्थीहरुकाे उपस्थित रहेकाे थियाे।

कोरोना र शिक्षा बिषयक कविता प्रतियोगितामा कक्षा १० मा अध्ययनरत प्रशंसा भट्टराईले प्रथम, कक्षा ९ मा अध्ययनरत करुणा भुसालले द्वितीय, कक्षा ८ मा अध्ययनरत नवशिक्षा भण्डारीले तृतीय तथा कक्षा ९ मा अध्ययनरत सिमरन न्याैपानेले सान्त्वना हुन सफल भएका थिए।   

कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा मित्रमणी न्याैपानेकाे प्रमुख आतिथ्यता, शिक्षा शाखाका बि•नि टिकाराम पन्थि र बिद्यालयका प्राचार्य बिष्णुहरि ज्ञवाली लगायतको आतिथ्यता रहेकाे थियाे। प्रमुख अतिथि तथा अन्य अतिथिहरुले कविता प्रतियोगिता लगायत यस्तै अन्य क्रियाकलापहरु लाई प्राेत्साहित गर्ने, रचनात्मक कार्यमा अगाडि बढाउनाले काेभिडका कारण घरभित्र बसिरहेका बालबालिकाहरु लाई साहित्य लेखन तर्फ उत्प्रेरित गर्ने भावना व्यक्त गरेका थिए।
कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हाेम बहादुर गलामीकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार