आश्चर्य लाग्छ दुनियामा के के खेल हुन्छ: मुकुन्दराज रोका

आश्चर्य लाग्छ दुनियामा के के खेल हुन्छ।
त्यसैमा मान्छे सजाय हुने जेल नेल हुन्छ।

सत्यले जित्छ भन्छन् बुढा बा दलेनि बाट,
हेरे सत्यमा पनि कुनदिन जाल झेल हुन्छ।

समस्यै समस्याले तरंगित छ अाज मान्छे,
यो सोच्दा सोच्दै कुनदिन हाट फेल हुन्छ।

खहरे खोला हिउदमा तिर्खाएर छट्पटी छ,
बर्खामा त दुनिया छाट्ने सक्ने भेल हुन्छ।

शहर तिर के हुन्छ खै सुन्ने मात्र हो भन्छन्,
यता गाउघरमा कमिला ताति नै रेल हुन्छ।

मुकुन्द राज रोका २०७७-१-१०

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार