धरान उपमहानगरपालिका वार्ड नं-११ शितलपथमा सुनिहाङमा लिम्बु घर भित्रै झुन्डिएको अवस्थामा फेला

हर्क लावती
सुपादेउराली अनलाइन । गत सोमबार २२गते बिहान धरान उपमहानगरपालिका वार्ड नं-११ शितलपथमा सुनिहाङमा लिम्बु(तिगेला) घर भित्रै झुन्डिएको अवस्थामा फेला परेको छ।तेह्रथुम छथर गा.पा. वार्ड नं-५ कि २५ बर्षिय सुनिहाङमा लिम्बुको गत असारमा धरान उपमहानगरपालिका वार्ड नं-११ शितलपथ निवासी २३ बर्षिय आइत माबो संग मगनी(Engaged) भएको थियो।
 आइत माबो कै परिवार संग बस्दै आएकि सुनिहाङमा को मृत्यु शंकास्पद रहेको मृतककि बहिनी बोध कुमारी तिगेला लिम्बुले बताएकीछिन्।  मृतकको शरिरमा शंकास्पद निलडामहरु देखिएकोले काण्ड रहस्यमय बनेको छ। मगनी भएर केटाको घर आएपछि केटाको स-परिवारबाट नै शारीरिक तथा मानसिक यातना दिने गरेको श्रोतबाट खुलेको छ। आइत माबो हाल सिंगापुर प्रहरीमा कार्यरत रहेको र परिवारकै योजनामा हत्या गरिएको हो भनी तिगेला बताउछिन्। आइत माबोको परिवारले घटना आत्महत्या हो भनी बिभिन्न सञ्चार माध्यमहरुमा भने पनि घटना शंकास्पद रहेको बताउछिन्। धरानको प्रहरी प्रशासनले पनि उक्त घटना प्रति धेरै चासो नगरेको र हत्या काण्ड नै ढोकछाप गर्न खोजेको बोध कुमारी तिगेला बताउछिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार