नाैलाे जनवादी क्रान्ति देखेर मर्ने मन छ : खगुलाल गुरूङ

    भाद्र २५ सुपादेउराली अनलाइन प्युठान । नेपाली कम्युनिस्ट अान्दाेलनका धराेहर,२०१०सालमा स्थापना भएको नेकपा प्युठान का संस्थापक सदस्य का०खगुलाल गुरूङले अाफ्नाे १०३ अाैं जन्मउत्सवकाे अवसरमा नेपाल मा नाैलाे जनवादी क्रान्ति देखेर मर्ने ईच्छा रहेको दृणता ब्यक्त गर्नुभएको छ। नेकपा (मसाल)का महामन्त्री क०माेहन बिक्रम सिह शीत लामाे सहयात्रा गरेको विवरण सुनाउदै धेरै बाँच्ने रहर त छैन तर नयाँ जनवादी क्रान्ति भएको देखेर मर्न पाए हुन्थ्यो भन्ने ईच्छा ब्यक्त गर्नुभयो।गाैमुखी गाउपालिका वार्ड ७ काेईरा क०गुरूङ कै निवासमा अायाेजित संक्षिप्त्त कार्यक्रममा संघीय सासंद,राजमाे उपाध्यक्ष तथा प्रबक्ता क०दुर्गा पाैडेल ले क० गुरूङ नेपाली कम्युनिस्ट अा० धराेहर जिउदाे इतिहास कम्युनिस्ट अान्दाेलनकाे खजाना बताउदै वहाँ काे १०३ अाै जन्मउत्सव मा पार्टीको तर्फबाट दिर्घायु शुभकामना दिनुभयाे। 

शुभकामना दिनेहरू मा राजमाे प्रदेश सांसद तारा जिसी,नेकपा(मसाल) प्युठान का प्रबक्ता क०ज्ञामुराम न्याैपाने हुनुहुन्थ्यो। राजमाे प्युठान का सदस्य सिद्दीमान जिसी काे अध्यक्षता,अखिल (छैटौं)का केन्द्रीय सचिव सुभाष जिसीकाे संचालन बाट अघि बढेकाे कार्यक्रममा जनप्रतिनिधिहरू झिमरूक कि उपाध्यक्ष पवित्रा जिसी,वार्ड ७ का वार्ड सदस्य ज्ञान बहादुर कुवंर रूपन्देही प्रबक्ता नारायण जिसी,शिक्षक संघ प्युठान जिल्ला समिति सदस्य शंकर बस्नेत,अनेमसंघ केन्द्रीय पार्षद तारा पुरी,राजमाे गाैमुखी वार्ड ७का अध्यक्ष चन्द्र केएमकाे पनि अातिथ्यता रहेकाे थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार