पत्रकारहरु लाई गरेको गाली गलौजप्रति युनियनको आपत्ती

  1.   रुद्रमणि भुसाल
    भाद्र २६ सुपादेउराली अनलाइन अर्घाखाँची । नेपाल प्रेस युनियन अर्घाखाँचीका सल्लाहकार तथा निवर्तमान अध्यक्ष, नेपाल पत्रकार महसंघका सचिव एवं रेडियो देउरालीका स्टेशन म्यानेजर सुर्यप्रसाद भुसाल सहित जिल्लाका सबै पत्रकारलाई फेसबुक लाइभबाट गरिएको गाली गलौजप्रति नेपाल प्रेस युनियनले आपत्ती जनाएको छ । 
    युनियनका केन्द्रीय महासचिव अजयबाबु सिवाकोटी र अर्घाखाँचीका अध्यक्ष वीरेन्द्र केसीले छुट्टाछुट्टै प्रेस विज्ञप्ति निकाली शीतगंगा नगरपालिका वार्ड नम्बर ४ मा घर भई हाल काठमाडौं बस्ने आफुलाई सामाजिक अभियान्ता बताउने महेन्द्र कुँवर नाम गरेका व्यक्तिले सामाजिक सन्जालको प्रयोग गरि दिएको अभिव्यक्ति, गाली बेइजती तथा प्रतिष्ठामा आँच आउने गरी गरेको दुस्साहसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भुसाल सहित जिल्लाका अन्य पत्रकारलाई धम्क्याउने महेन्द्र कुँवरलाई कानूनी कारवाही गरी भयरहित वातावरण पत्रकारलाई काम गर्ने वातावरण सृजना गरिदिन जिल्ला प्रशासनसग माग गरेको छ ।
    पत्रकारको चरित्र हत्या गर्ने हिसाबले गरिएको अभिव्यक्तिप्रति हामी खेद व्यक्त गर्दै अत्यन्तै तल्लो घृणित स्तरको शब्द प्रयोग गरी गरिएको गाली गलैजप्रति युनियन गंभिर खेद व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
    यसैबीच पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थी, महासंघका जिल्ला अध्यक्ष तथा प्रेस संगठनका अध्यक्ष हिम बहादुर जिसी लेकाली, उपाध्यक्ष गणेश खनाल, प्रगतिशिल पत्रकार संघका अध्यक्ष जितेन्द्र खत्री लगायतका पत्रकारले महेन्द्र कुंवरले पत्रकार माथि गरेको घिणित अभिव्यक्तिप्रति निन्दा गर्दै सामाजिक सदभाव भड्काउने, कोरोना महामारीको बेला अग्रमोर्चामा खटिएर नागरिकलाई सूसुचित गर्ने पत्रकारलाई तल्लो स्तरको शब्द प्रयोग गरी गाली बेइजतिमा उत्रिएको घटनाको सह्ैय हुन नसक्ने भन्दै आपत्ती प्रकट गर्दै दोषीलाई कारवाहीको माग गरेका छन् ।
  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार