नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भुनपा १ द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

टेकराज भुसाल
भाद्र २६ सुपादेउराली अनलाइन अर्घाखाँची
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भुमिकास्थान नगरपालिका वडा न १ को आयोजनामा नेकपाका सकृय सदस्य माेहन खनालकाे सातौं दिनको पुण्य तिथिको अवसर पारी सामाजिक दुरि कायम राखि श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले स्वर्गीय खनालको फाेटाेमा टीका तथा माल्यर्पण गर्नुभएको थियाे । त्यस्तै  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश कमिटी सदस्य ताेज बहादुर रायमाझी (बिधान) ले स्वर्गीय खनालको निधनले गर्दा पार्टी दुखित भएको बताउदै स्वर्गीय खनालले देखाएको बाटोमा लाग्न सम्पूर्ण लाई आग्रह गर्दै शोकलाइ शक्तिमा परिणत गर्न आग्रह गर्नुभएको थियो। 

श्रद्धाञ्जली शभामा जिल्ला कमिटी सदस्य प्रेम गैरे, भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापा, जिल्ला कमिटी सदस्य शुवास बन्जाडे, रुद्रमणि खनाल, प्रदेश कमिटी सल्लाहकार काशबहादुर गमाल, नेकपा भुमिकास्थान नगरपालिका वाड नम्बर १ का अध्यक्ष बावुराम खनाल, २ का अध्यक्ष रामबहादुर बस्नेत लगायतकाे उपस्थित रहेकाे थियो। 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार