
सुर्य भुसाल
भाद्र २७ सुपादेउराली अनलाइन अर्घाखाँची । अर्घाखाँची जिल्ला को छत्रदेब गाउँपालिकाले आर्थिक वर्ष २०७६।७७ को बार्षिक समिक्षा गोष्ठी सम्मन्न गरेको छ ।
समिक्षा कार्यक्रममा अध्यक्ष लेखनाथ पोख्ररेलले गाँउपालिकाले कोरोनाको कहरका बिचपनि ८८. १४ प्रतिशत बितिय प्रगति गर्न सफल भएको बताए । संकटका बेला देशभर रहेका ४ सय ६० ओटा स्थानिय तहमध्ये बितिय प्रगतिमा छत्रदेब गाउपालिका पहिलो भएको उनको दाबी छ । आर्थिक वर्ष २०७६।७७ मा १५ ओटा बिद्यालयका भबन, शौचालय , एक दर्जन खानेपानीका योजना ,दुईओटा स्वास्थ्य चौकी ,गाउँपालिकाको प्रमुखप्रशासकिय अधिकृतको ९ कारोडको भबन लगायतका ४ दर्जन भन्दा बढिभौतिक निर्माणका काममा केहि सम्पन्न भइ सकेको र केहि अहिले पनि निर्माधिन अस्थामा रहेका रहेको अध्यक्ष पोख्ररेलले बताए ।
यी योजना सपन्न भएपछि पालिकाभर केहि वडामा बाहेक भौतिक निर्माका काम पुरा हुने बताए । कार्यक्रमा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले जनप्रतिनिधि ,कर्मचारी, सकटको बेला पनि दिनरात सबैटिम सक्रियभएर काममा लागेकाले ८८. १४ प्रतिशत बितिय प्रगति गर्न सफल भएको बताए । कोरोनाको बाबजुत पनि बर्षभर गरेका कामको बारेमा समिक्षा गरेमा आगामि दिनमा पनि बिकास निर्माणको काम गर्न थप सुझाब आउने भएकाले समिक्षा गर्न जरुरी रहेको प्रमुख प्रशासकिय अधिकृत भुसालले बताए । समिक्षा कार्यक्रममा शिक्षा शाखाका प्रमुख बिनोद स्वास्थ्य शाखाका प्रमुख बुद्धिराम न्यौपाने बर्षभर गरेका कामको कार्यपत्र प्रस्तुत गरेका थिए , कार्यक्रमा वडा अध्यक्ष कमल पौडेल , वडा सदस्य कृष्ण प्रसाद पौडेल लगायतले बोलेका थिए । कार्यक्रम उपाध्यक्ष तुल्सादेबि श्रेष्ठको स्वागत मनतब्य र कृष्ण श्रेष्ठको संचालनमा सम्पन्न भएको हो ।