श्यामलाल पोखरेल
भदौ २७ सुपादेउराली अनलाइन । बाग्लुङको ढोरपाटन क्षेत्रबाट रुपन्देहीको विभिन्न ठाउंमा बसोवास गर्दै आएकाहरु आर्थिक संकलनमा जुटेका छन् । गत भदौं १७ गते राती ढोरपाटन बोबाङस्थित भुजीखोलामा आएको बाढि पहिरोले ठूलो जनधनको क्षती भएको थियो । तिनै बाढी पींडितहरुलाई सहयोग गर्नेगरी केही दिन यतादेखि ढोटरपाटन समाज रुपन्देहीले आर्थिक संकलन अभियान सञ्चालन गरेको छ । ढोरपाटन नगरपालिकाको लिखित सहमतिमा समाजले सहयोग संकलन गर्न लागेको हो । बाढीसंगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या २१ पुगेको छ । बाढीमा अझै १७ वेपत्ता रहेका छन् । ठूलो जनधनको क्षति भएपछि सानो तिनो सहयोगले पीडितहरुलाई केहीन केही सहयोग मिल्ला भन्ने उद्वेश्यले आर्थिक अभियान सञ्चालन गरिएको समाजका अध्यक्ष गंगालाल सापकोटाले बताए । अध्यक्ष गंगालाल सापकोटाका अनुसार बाढी पीडितलाई सहयोग गर्न चाहनेले समाजका पदाधिकारी र सदस्यलाई प्रत्यक्ष भेटेर वा ई–सेवा मार्फत समाजको खातामा रकम जम्मागर्न सकिने छ । ईसेवा मार्फत रकम जम्मा गरेर बाढी पीडितलाई सहयोग गर्न चाहनेले मोबाइल एलर्ट नंं. ९८५११०३३६२ मा रकम जम्मा गर्न सकिने समाजले व्यवस्था मिलाएको छ । समाजले सहयोग संकलन अभियान थालेपछि सहयोगी दाताहरुले स्वेच्छिक सहयोग गर्न थालेका छन् । बाग्लुङको ढोरपाटन नगरपालिका, बडिगाड गाउंपालिका र आसपासका क्षेत्रबाट रुपन्देहीमा बसाई सरेर आएका बाग्लुङेहरुबीच आपसी भाइचारा सम्बन्ध विस्तारका लागि र आपसी सद्भाव, एकता कायम गरी ढोरपाटनको पर्यटन प्रवद्र्धनका साथै संस्कृतिको संरक्षण गर्ने भावनाका साथ एकवर्ष अघि ढोरपाटन समाज रुपन्देही गठन गरिएको थियो । मानवीय सेवाका साथ सहयोग संकलन गर्दा करिव २ लाख संकलन भएको ढोटरपाटन समाज रुपन्देहीका अध्यक्ष गंगालाल सापकोटाले जानकारी गराएका छन् । बाढीका कारण ढोरपाटन नगरपालिकामा ३१ घर बगाएको थियो भने ७० बढी घरमा क्षति पु¥याएको छ । घरहरु बगाउंदा ३८ जनाको ज्यान गएको थियो भने ठूलो मात्रामा भौतिक क्षति भएको थियो । भूजिखोलामा आएको पहिरोका कारण बाढीले ढोरपाटनका आधादर्जन बढी तटीय क्षेत्रका बस्ती बगाएको छ । नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को तटीय क्षेत्रमा रहेका बस्ती बगाउँदा धनजनको क्षति भएको हो ।