नगरपालिकामा भएको बिवादको बिषयलाई लिएर मेरो चरित्रहत्या गर्न खोजियो,यसप्रति मेरो गम्भिर आपत्ति छ ः वडाध्यक्ष पन्थी

बाबुराम पन्थी, प्रवक्ता तथा ४ नम्वर वडाका वडा अध्यक्ष भुमिकास्थान नगरपालिका

बाबुराम पन्थी, प्रवक्ता तथा ४ नम्वर वडाका वडा अध्यक्ष भुमिकास्थान नगरपालिका   गोपाल प्रसाद भट्टराई
भाद्र–२८, सुपादेउराली अनलाइन अर्घाखाँची
पछिल्लो केही समयदेखि अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा भएको बिवादको बिषयलाई लिएर आफ्नो चरित्रहत्या गर्न खोजिएको भन्दै वडाध्यक्ष बाबुराम पन्थीले अपत्ति प्रकट गर्नुभएको छ । नगरसंग सम्बद्ध केही बिषयमा भएको बिवादलाई बिषयान्तर गरि विप्लव निकट नेकपा नगर कमिटिले हुँदै नभएको कपोकल्पित झुटो आरोप लगाएर आफ्नो ब्यक्तित्वमाथि आँच पु¥याएर नगरबासीलाई भ्रममा पार्न खोजेको भन्दै बिरोध गर्नुभएको हो । हिजो एक प्रेस विज्ञप्ती जारि गर्दै वडाध्यक्ष पन्थीले यहि भाद्र १९ र भाद्र २२ गतेको पत्रकार सम्मेलनको बिषय उल्लेख गरेर १५ शैयाको अस्पताल र करार कर्मचारिको सम्बन्धमा भएको बिवाद खास मुद्धा नभइ भुमिकास्थान–४ का वडा अध्यक्ष बाबुराम पन्थीले ३ लाख ८२ हजारको फर्जि विल बनाई पेश गरेको र भुमिकास्थान नगर प्रमुख रेसम थापाले निकासा रोकेपछि उक्त नगरमा बिवाद उठेको भन्ने बिषय समावेश गरि यहि भाद्र २५ गते नेकपा नगर कमिटिले जारि गरेको प्रेस विज्ञप्ती भ्रमको खेती भएको संज्ञा दिनुभएको छ । विज्ञप्तीमा अगाडि भनिएको छ , नगर कार्यपालिकाको कुनैपनि बैठकमा वडा अध्यक्ष बाबुराम पन्थीले ३ लाख ८२ हजारको फर्जि विल बनाई पेश गरेको भन्ने बिषयमा कुनै सत्यता नभएको,प्रमाण नभएको र आफुले त्यस्तो कुनैपनि फर्जि विल पेश नगरेको कुरा स्पष्ट पार्दछु । जिम्मेवार राजनितिक दलको संज्ञा दिने पार्टी र उसको इन्चार्जले वास्तविकता भन्दा बाहिर गएर,सत्यतथ्य घटनाक्रम नबुझि,हँचुवाको भरमा,बिना प्रमाण विज्ञप्ती मार्फत मेरो चरित्रहत्या गरेकोप्रति घोर भ्रत्सना एवम् गम्भिर खेद प्रकट गर्दछु ।वडाध्यक्ष पन्थीले लेख्नुभएको छ । हाम्रो राजनितिक आदर्शले त्यस्ता नकरात्मक गतिबिधि गर्न निर्दिश्ट गर्दैन । राष्ट्रिय जनमोर्चाको राजनैतिक आदर्शको धरातलबाट भुमिकास्थान नगरको समृद्धिमा हाम्रो योगदानको जनताले मुल्याकंन गर्नेछन् । उहाँले जारि गरेको विज्ञप्तीमा भनिएको छ , आउने दिनमा त्यस्ता प्रवृतिको बिरुद्ध संघर्ष गर्दै भुमिकास्थान नगरपालिकाको विकासका लागि जनप्रतिनिधिको हैसियतले अझ बढि रचनात्मक काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस,बाढि–पहिरो,कृषिक्षेत्रका प्रकोप लगायतले जनजिवनलाई आक्रान्त बनाइरहेको अवस्थामा नगर तथा वडामा क्वारेन्टिन÷आइशोलेसन ब्यवस्थापन,जनताको जिवन रक्षाको सवालमा दिनरात नभनि अहोरात्र खटिरहेको बखत बिभिन्न ब्यक्ति वा माध्यमबाट भ्रम र झुटको खेती गर्दै मेरो चरित्रहत्या गर्ने गतिबिधिहरु अप्रत्यासित ढङ्गले गरिरहनु राजनैतिक पूर्वाग्रहको उपज हो । वडाध्यक्ष पन्थीले विज्ञप्ती मार्फत भन्नुभएको छ । सिंगो भुमिकास्थान नगरको विकास र समृद्धिको लागि जस्तोसुकै मुल्य चुकाएर भएपनि अहोरात्र खट्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार