नेकपा भुमिकास्थान नगर समितिका इन्चार्ज बारुदले जारी गरेको विज्ञप्ति प्रति राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको गम्भिर ध्यान आकर्षण

   भाद्र २८ सुपादेउराली अनलाइन अर्घघाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भुमिकास्थान नगरपालिकाका नगर ईन्चार्ज बारुदले भूमिकास्थान नगरपालिका वार्ड नं ४ का वडाअध्यक्ष वावुराम पन्थीलाई ३ लाख ८२ हजार फर्जिविल बनाई निकाशा गरेको भनी विज्ञप्ति झुट, असत्य भएको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बताएको छ ।

बारुदले भाद्र २५ गते बिहीवार भूमिकास्थान नगरपालिका वार्ड नं ४ का वडाअध्यक्ष वावुराम पन्थीलाई ३ लाख ८२ हजार फर्जिविल बनाई निकाशा गरेको भनी जारी गरेको विज्ञप्तिमा कुनै सत्यता नरहेको, झुट भएको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बताएको हो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन् के.सी आईतबार जारी गरेको विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टि भूमिकास्थान नगर समितिका ईन्चार्ज बारुदको मिति २०७७ भाद्र २५ गतेको जारी प्रेस विज्ञप्ति प्रति हाम्रो पार्टीको गम्भिर ध्यान आकर्षण बताइएको छ । विज्ञप्तीमा भनिएको छ; जिम्मेवार राजनैतिक दलले हाम्रा पार्टिका जिम्मेवार नेतालाई भ्रामक प्रेस विज्ञप्ति जारी गरेर जनतालाई भ्रम श्रृजना गर्ने कार्य गर्नु निन्दनिय भएको हाम्रो पार्टीको ठहर छ, त्यस्ता भ्रामक टिप्पणीको कडा शब्दमा भ्रत्सना गर्दै खेद प्रकट गदर्छौँ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी भूमिकास्थानका ईन्चार्ज द्धारा जारी विज्ञप्तिमा भनिएको छ । ३,८२,०००) अक्षरुपि तिन लाख बयासि हजारहजारको फर्जिविल भु.न.पा.का मेयरले रोकेपछि भन्ने शब्दावलि ले नै पुष्टी गर्छ की क्रान्तिकारी पार्टिका क्रान्तिकारी भनिएका क. बारुद कस्को निर्देशनमा बिज्ञप्ति निकालेर भ्रम दिन उद्धत छन्, भनेर प्रष्ट भएको छ, उक्त जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै राष्ट्रिय जनमोर्चाले विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई अनियमियता गरेको प्रमाणित गर्न चुनौती दिदै बारुद समुहलाई शसक्त कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्रिय जनमोर्चाले भनेको छ; अरु नेकपा, कांग्रेस पार्टी जस्तो सम्झेर जनमोर्चाका जनप्रतिनिधिलाई पुष्टी गर्न नसक्ने निराधार आरोप नलगाउन अनुरोध गरेको छ । साथै यसको ठुलो क्षति बारुद समुह नेपाल कम्युनिस्ट पार्टीले भोग्नुपर्ने कडा चेतावनी दिएको छ ।

उता अर्घाखाँचीमा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पहिलो पटक मसाल निकट राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिलाई पुष्टी नगरि ३ लाख ८२ हजार फर्जिविल बनाई निकाशा गरेको भनेर आरोप लगाएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार