
एजेन्सी । संसारभर हरेक सय वर्षमा ठूला ठूला महामारी आएको तथ्य सार्वजनिक भएको छ । संयोग भनौँ वा अन्य केही, हरेक एक सय बर्षको अन्तरमा पुरै संसारमा एक ठूलो महामारीको आक्रमण चल्दै आएको छ।
कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनेको समयमा विगतमा आएका महामारीको चर्चा परिचर्चा सुरु भएको छ । चीनको वुहानबाट सन् २०१९ को अन्तिममा सुरु भएको कोरोना भाइरसले अहिलेसम्म २४ लाख मानिस प्रभावित भइसकेका छन् ।
यी हुन् ४ सय वर्षदेखिका ठूला महामारी
हरेक सय बर्षमा मानिसले महामारीको नयाँ औषधि खोज्नु पर्छ । यस्तै पछिल्लो ४ सय बर्षदेखि यस्तो खाले महामारी हुँदै आएको विभिन्न अध्ययनले पुष्टि गरेको छ ।
सन् १७२० मा पुरै दुनियामा प्लेग फैलिएको थियो । फ्रान्सको एक शहर मार्सिलेमा कलाकार मिशेल सेरेले प्लेगले कति मान्छे मरेको थियो भन्ने फोटोमा देखाएका छन् ।
मार्सिलेमा फैलिएको प्लेगले १ लाख मानिसको मृत्यु भएको थियो । प्लेग फैलिएको एक महिनामा ५० हजार मानिसको मृत्यु भएको थियो । बाँकी ५० हजार त्यसको दुई बर्ष भित्र मरेका थिए ।
प्लेग फैलिएको सय बर्ष पछि अर्थात सन् १८२० मा एसियाली देशमा कोलेराले महामारीको रुप लियो । जापान, मध्यपूर्वका विभिन्न देश, नेपाल, भारत, थाइल्याण्ड, फिलिपिन्स, ओमान, चीन, मौरिसस, सिरियालगायतका देशमा यसले धेरै ठूलो क्षती गर्यो ।
कोलेराले इण्डोनेसियामामात्रै एक लाख मानिसको मृत्यु भएको थियो । थाइल्याण्ड र फिलिपिन्स पनि धेरै मानिसले ज्यान गुमाएका थिए ।
कोलेराको महामारी फैलिएको सय बर्षपछि सन् १९२० मा स्पेनिश फ्लू फैलिएको थियो । यो सन् १९१८ मा नै सुरुभए पनि सन् १९२० मा मुख्य असर देखिएको थियो ।
फ्लूको कारण १ करोड ७० लाख देखी ५ करोड मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।
सन् २०१९ मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म झण्डै ४ हजार जनाले ज्यान गुमाइसकेका छन् । १ लाख १० हजार जनामा संक्रमण देखिएको छ ।
कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित हुने देश चीन र इटली हुन् । चीनमा झण्डै ३ हजार २ सय र इटलीमा कोरोना भाइरसको कारण ३६६ जनाको मृत्यु भएको छ।