
भाद्र ३० सुपादेउराली अनलाइन कपिलवस्तु । राष्ट्रिय जनमाेर्चा जिल्ला समिति कपिलवस्तुकाे आयाेजनामा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय परिषद सदस्य तथा सुदुर पश्िचमाेत्तर क्षेत्रीय सदस्य दाेण प्रसाद पाेखरेल काे निधन भएको ९ औं दिनको दिन स्वर्गीय पोख्रेलको कपिलवस्तु स्थित बाणगंगा नगरपालिका ५ शिमरखाेरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।
श्रद्धाञ्जली सभामा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनाल,
राजमाे कपिलवस्तुका अध्यक्ष दधिराम अाचार्य, नेकपा मसाल जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल किसान महासंघका उपाध्यक्ष शिव पौडेल, अखिल (छैठौं ) जिल्ला अध्यक्ष रिषभ अाचार्य,नेपाली काङ्ग्रेस का नेता सालिकराम पौडेल, लगायतले स्वर्गीय पोख्रेलको निधनले निधनले गर्दा पार्टी दुखित भएको बताउदै स्वर्गीय पोख्रेलले देखाएको बाटोमा लाग्न सम्पूर्ण लाई आग्रह गर्दै शोकलाइ शक्तिमा परिणत गर्न आग्रह गर्नुभएको थियो।
पोख्रेलको काेराेना संकरमणका कारण भारतकाे पन्जाबमा निधन भएकाे थियाे।