अध्ययन अध्यापनलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहलाई संयुक्त बिद्यार्थी संघर्ष समिति रुपन्देहीले ध्यानाकर्षण गराउने

  टेकराज भुसाल
भाद्र ३० सुपादेउराली अनलाइन रुपन्देही । नेपाल बिद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु (छैठौं) जिल्ला समिति रुपन्देहीको भाद्र ३० गते नेबि संघका केन्द्रीय उपसभापति मुक्तिराज पाैडेल, अखिलका रुपन्देही संयाेजक लेखनाथ खनाल र अखिल (छैठौं) का केन्द्रीय सदस्य पुरन पोख्रेलको उपस्थितमा बसेको संयुक्त बैठकले काेभिड- १९ काे विषम परिस्थितिका कारण सामुदायिक बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुकाे पढाइ अस्तव्यस्त भएको भन्द‌ै अध्ययन अध्यापनलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहलाई ध्यानाकर्षण गराउदै महामारीका कारण बन्द रहेका निजी स्कुलहरुले बिद्यार्थीहरु सँग अनलाइन पढाइकाे नाममा असुली गरेकाे रकम फिर्ता गरि हालसम्मकाे कुनै पनि रकम असुली नगर्न अनुरोध गरेकाे छ।

साथै संयुक्त बिद्यार्थी संघर्ष समितिले निजि बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई अाधारभुत पारिश्रमिक दिन माग गर्दै बिद्यार्थीहरुलाई दिदै आएको छात्रवृत्तिकाे विवरण पुर्ण रुपमा पारदर्शिता गराउन माग गर्दै रुपन्देहीमा सञ्चालित सामुदायिक तथा निजि शैक्षिक संस्थाहरुले जारी गरेकाे बिद्यार्थी सिकाइ सहजिकरण निर्देशिका २०७७ बमोजिम अध्ययन अध्यापन गर्न गराउन सबै पक्षकाे ध्यानाकर्षण गराउदै संयुक्त बिद्यार्थी संघर्ष समिति रुपन्देहीले उल्लेखित मागहरुकाे सुनुवाइ नगरेकाे खण्डमा शुल्क असुली गरेका बिद्यालयमा तालाबन्दी गर्नुका साथै अन्य चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको अखिल छैठौं केन्द्रिय सदस्य पुरन पोख्रेल ले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार