नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त

भाद्र ३० काठमाडौ । काठमाडौं नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् ।

ऊर्जा मन्त्री वर्षमान पुनले बाह्रौं तहका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरिएको ऊर्जा मन्त्रीका प्रेस संयोजक दयानिधी भट्टले जानकारी दिए । कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।

घिसिङलाई ऊर्जामन्त्री पुनले सोमबारको मन्त्रिपरिषद बैठकमा अर्को कार्यकालका लागि नियुक्तिको प्रस्ताव लैजाने भनिए पनि बैठकमा कुलमानको नाम गएको थिएन।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार