समाजसेवी खेमराज भुसाल द्वारा दुवै मृगौला पिडित प्रदिप नेपालीलाइ ५१ हजार १ सय आर्थिक सहयोग

कमला थापा
भाद्र ३१ सुपादेउराली अनलाइन अर्घाखाँची । अर्घाखाँची जिल्लाको गाउँपालिका वडा नम्बर – ४ खन शीतका समाजसेवी खेमराज भुसाल द्वारा दुवै मृगौला पिडित प्रदिप नेपालीलाइ आर्थिक सहयोग रकम हस्तान्तरण गरेका छन्। 

रोजगारीको शिलशिलामा कतारमा कार्यरत रहेका सामजिक अभियान्ता /समाजसेवी खेमराज भुसाल खन सित निवासी गोबिन्द प्रसाद भुसाल का छोरा हुन्।

दुवै मिर्गौला पिडित प्रदिप नेपालीको शिक्षण अस्पताल काठमान्डौमा चेकजाँच गरी हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा डायलोसिसका लागि भर्ना गरिएको छ। उनको उपचारका लागि मोटो रकम को खाँचो पर्ने भएको हुनाले समाजसेवी खेमराज भुसालले कतार बाट आफ्नो ब्याक्तिगत तर्फ बाट ५१ हजार १ सय रुपैया नेपालीको मिर्गौला उपचारको लागि सहयोग गरेका हुन्।

भुसालले पठाएको उक्त आर्थिक सहयोग रकम अर्घाखाँचीबुलेटिन डट्कम मिडिया मार्फत समाजसेवी खेमराजका दाजु समाजसेवी बलाराम भुसालर अर्घाखाँचीबुलेटिनका प्रतिनिधि समाजसेवी यूवराज थापा लगयातको टिम पिडितको घर खनमा पुगी निजका बुवा मेघराज नेपाली ,आमा कमला नेपाली ,अस्मिता बिक र प्रभा नेपालिलाइ हस्तान्तरण गरिएको थियो।

दुवै मृगौला पिडित नेपालि १२ कक्षामा अध्यनरत रहेको बुझिएको छ ,उनको उमेर १९ बर्ष रहेको छ साथै उनि बिबाहित रहेका छन्।

अन्य कोहि सहयोगी दाताहरुले दुवै मिर्गौला पिडित प्रदिप नेपालिलाइ आर्थिक रकम सहयोग गर्न चाहनुहुन्छ भने अर्घाखाँचीबुलेटिन फेसबुक पेजको म्यासेज बक्समा सम्पर्क गर्नुहोला,हजुरहरुले उपलब्ध गराएको आर्थिक सहयोग रकम जस्ताको तस्तै पिडित सामु पुर्याइदिने प्रतिबद्वता गर्दछौ। सेवा नै धर्म हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार